प्रचण्डका घरबेटी अधिकारीलाई कारबाहीको चेतावनी « Khabarhub

प्रचण्डका घरबेटी अधिकारीलाई कारबाहीको चेतावनी


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले व्यवसायी शारदाप्रसाद अधिकारीलाई सातदिने अल्टिमेटम दिएको छ।

निर्देशनालयले अधिकारीको नाममा अत्यन्त जरुरी सूचना जारी गर्दै सातदिन भित्रमा स्पष्टीकरण दिन निर्देशन दिएको हो ।

उनको कम्पनीले ठेक्का लिएको सडक पुर्नस्थापना कार्यको प्रगति शन्तोषजनक नरहेको भन्दै कानुनअनुसार ठेक्का सम्झौताका शर्तहरु बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी पनि सूचनामा दिइएको छ ।

‘कार्य प्रगति सुधार नभएको, पेश भएको कार्यतालिका बमोजिम कार्य नभएको साथै कार्य सम्पन्न गर्नेतर्फ अग्रसर भएको नदेखिएको हुँदा विश्वसनिय स्पष्टीकरणसहित यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आधिकारीक प्रतिनिधि स्वयं यस निर्देशनालयमा उपस्थित हुन तथा सडक पुर्नस्थापना कार्य यथाशीघ्र चाँडो सम्पन्न गर्नुहुन जानकारी गराइन्छ ।’ आयोजनाद्धारा जारी सूचनामा भनिएको छ ।

अधिकारी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी हुन् ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  १२ : ५६ बजे

‘भारतसँगको सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउनुपर्छ’

काठमाडौँ– नेपालबाट भारततर्फ धमाधम उच्चस्तरीय भ्रमणहरु भइरहेका छन् । सोमबार

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर