सेभेरोडोनेत्स्क र लिसिचान्स्क ‘मृत सहर’ मा परिणत भएको जेलेन्स्कीको टिप्पणी | Khabarhub Khabarhub

सेभेरोडोनेत्स्क र लिसिचान्स्क ‘मृत सहर’ मा परिणत भएको जेलेन्स्कीको टिप्पणी


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डोनबास क्षेत्रको सेभेरोडोनेत्स्कलिसिचान्स्क  ‘मृत शहर’ मा परिणत भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । रूसी सेनाको हमलाका कारण सेभेरोडोनेत्स्कलिसिचान्स्क  ‘मृत शहर’ मा परिणत भएको  राष्ट्रपति जेलेन्स्कीले बताएका हुन् ।

आफ्नो दैनिक सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले सेभेरोडोनेत्स्कलाई पुनः कब्जा गर्ने युक्रेनी सेनालाई ‘प्रत्येक अवसर’ भएको बताए ।

सेभेरोडोनेत्स्क डोनबास क्षेत्रको रणनीतिक रूपमा महत्वपूर्ण सहर हो, जहाँ रुसी सेनाले पछिल्ला दिनमा आफ्नो आक्रमणलाई केन्द्रित गरेको छ ।

यसैबीच, विश्व खाद्य संकट निम्त्याएको भन्दै आफ्नो देशलाई दोष दिएपछि राष्ट्र संघको सुरक्षा परिषद्को बैठकबाट रुसी का राजदूत बाहिरिएका छन् ।

युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिसेलले रुसले विकासोन्मुख देशविरुद्ध ‘गोप्य मिसाइल’ को रूपमा खाद्य आपूर्तिहरू प्रयोग गरिरहेको आरोप लगाए ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ३ : ०७ बजे

आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा

एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

लुम्बिनी– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको

सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपरासी– जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा

अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं– मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५०