बन्चरेडाँडामा फोहोर व्यवस्थापन सुरू, अवरोध गर्ने १४ जना पक्राउ « Khabarhub

बन्चरेडाँडामा फोहोर व्यवस्थापन सुरू, अवरोध गर्ने १४ जना पक्राउ


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  बन्चरेडाँडामा काठमाडौंको फोहोर व्यवस्थापन सुरु भएको छ । फोहोर बोकेर पुगेका टिपरलाई अवरोध गर्न खोज्ने १४ जना स्थानीहरू पक्राउ परेपछि फोहोर व्यवस्थापन पुनः सुरु भएको हो ।

उपत्यकामा थुप्रिएको फोहोर विसर्जनको लागि बञ्चरेडाँडा पुर्‍याइएका काठमाडौं महानगरका गाडी स्थानीयले अवरोध गरेका गरेका थिए । फोहोर बोकेका गाडी रोक्न खोजेपछि प्रहरीले संघर्ष समितिका संयोजकसहित १४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

नुवाकोट प्रहरी प्रमुख रामप्रकाश शाहले फोहोर व्यवस्थापनमा अवरोध गर्नेहरूलाई पक्राउ गरिएको बताएका छन् । ‘१४ जनालाई नियन्त्रणमा लिएपछि अहिले अवरोध क्लियर भएको छ । फोहोर व्यवस्थापन पनि सुरू भइसक्यो’, शाहले भने । 

सोमबार सम्बन्धित स्थानीय तहसमेतको सहमतिमा आजबाट फोहोर उठाउन थालिएको थियो । सोही सहमतिअनुसार बन्चरेडाँडामा फोहोर पठाइएको थियो । सहमतिबारे आफूहरूलाई थाहा नभएको, काठमाडौंमै बसेर कुरा मिलाइएको भन्दै स्थानीय फोहोरको गाडी अवरोध गरेका हुन् ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ३ : २७ बजे

मधेस सरकारद्वारा प्रदेश नीति तथा योजना आयोगको ओएण्डएम सर्वेक्षण स्वीकृत

जनकपुरधाम- मधेस प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको संगठन तथा

युक्रेनमा रूसी आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु

युक्रेन- युक्रेनमा रूसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु

पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं – सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक मासिक पाँच हजारले वृद्धि गर्ने

पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध

पोखरा– पहिरोका कारण पोखरा-सिक्लेस सडक अवरुद्ध भएको छ। शुक्रबार रातिदेखिको

जीतपुर घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले बाराको