अमेरिकामा कुटिएका नेपाली भन्छन्, ‘ममाथि जे भयो यस विषयमा मैले आवाज उठाउनुपर्छ’ « Khabarhub

अमेरिकामा कुटिएका नेपाली भन्छन्, ‘ममाथि जे भयो यस विषयमा मैले आवाज उठाउनुपर्छ’


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली मूलका २५ वर्षे सागर तामाङ अमेरिकाको क्यालिफोर्निया राज्यको ओकल्याण्ड शहरमा राइड शेयरिङमा काम गर्छन् । सधैँझैँ उनी गत शनिबार पनि करिब एघार बजे काम सकेर फर्किँदै थिए । यसक्रममा उनी त्यहाँ रहेको फक्स थिएटर नजिकैको पसलमा हटडग किन्न पुगे । एक्कासी कसैले उनको टाउकोमा पछाडिबाट हिर्कायो ।

उनी बेहोस भए । उनको अनुहार सुन्नेको थियो भने यत्रतत्र घाउका दागहरु पनि देखिन्थे । उनलाई नजिकैको हाइल्याण्ड हस्पिटलको आकस्मिक विभाग लगियो । त्यहाँ उनलाई पहिलो श्रेणीको चोट लागेको पत्ता लाग्यो ।

उनको आँखा भोलिपल्ट मात्र खुल्यो । आँखा खुल्दा बल्ल सागरले थाहा पाए आफ्ना सबै सामान गायब भएका रहेछन् । उनको फोन, पर्स, जुत्ता, पेन्ट, कोट केही उनको साथमा थिएनन् ।

‘ममाथि जे भयो यस विषयमा मैले आवाज उठाउनुपर्छ, ताकि अर्को पुस्ता वा नेपाली समुदायको अरु कोहीलाई पनि यस्तो भएको खण्डमा अगाडि आउन सकून् ।’ उनलाई उद्धृत गर्दै याहुन्युजले जनाएको छ ।

अर्को महिनासम्म उनी काममा फर्किन सक्नेछैनन् । उनकी साथी बिमला थापाले उनको उपचार खर्चका लागि ‘गोफण्डमी’ बाट पैसा संकलन पनि सुरु गरेकी छिन् । तामाङको उपचारका लागि ३० हजार डलर संकलन गर्ने उद्देश्य लिइएको छ ।

‘यस्ता घृणा फैलाउने अपराध रोकिनु जरुरी छ ।’ थापाले लेखेकी छिन्, ‘एसियाली मूलका मानिसहरुविरुद्ध रंगभेदी अपराधको यो लहरका कारण माएिका, घाइते भएका र प्रभावित भएका सबैप्रति हाम्रो साहानुभूति छ ।’

थापाले आफूहरु लामो समयदेखि सन फ्रान्सिस्कोमा बसोबास गर्दै आएको भएपनि केही समयअघि इस्ट बे क्षेत्रमा सरेको बताएकी छिन् । ‘हामी जहाँ बस्छौँ त्यहाँ कुनै डर त्रास बिना सुरक्षित रुपमा बस्न पाउनु हाम्रो अधिकार हो ।’ थापाले लेखेकी छिन् ।

‘हामी एसियाली मूलका भएकै कारण हामी सजिलै लुटिन सक्छौँ, सजिलै कुटिन सक्छौँ, सजिलै प्रभावित हुन्छौँ भन्ने मानिसहरुलाई परेको छ ।’ थापाले एबीसी ७ न्युजलाई भनिन् ।

ओकल्याण्ड प्रहरीका अनुसार सागरमाथि भएको हमला कुनै घृणा फैलाउने उद्देश्यबाट प्रभावित देखिएको छैन । घटनाको अनुसन्धान अघि बढाइएको बताइएको छ ।

‘हामी कुनै भिडियोहरु उपलब्ध छन् की भनेर हेरिरहेका छौँ यसबाहेक हामी मानिसहरुलाई घटनाबारे कुनै सूचना भएको खण्डमा प्रहरीलाई जानकारी दिन पनि प्रोत्साहन गरिरहेका छौँ ।’ ओकल्याण्ड चाइनाटाउन चेम्बर अफ कमर्सका अध्यक्ष कार्ल चानले केटीयूभीलाई भने, ‘हामी उनलाई सहयोग गर्नेमा हामी दृढ छौँ ।’

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ४ : २० बजे

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड