संघले गठन गर्‍यो छानबिन समिति   « Khabarhub

संघले गठन गर्‍यो छानबिन समिति  


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चलचित्र पत्रकार संघकी सदस्य रीना मोक्तानले पाँच वर्ष अगाडि आफूमाथि यौन दुर्व्यवहार गर्ने व्यक्ति हाल चलचित्र पत्रकार संघको पदाधिकारी रहेको भन्दै सामाजिक सञ्जालमा उल्लेख गरेपछि यस विषयमा संघको ध्यानाकर्षण भएको छ । संघका अध्यक्ष दिनेश सिटौलाले एक विज्ञप्ति जारी गर्दै संघ आफ्ना सदस्यहरू तथा जोकोहीमाथि हुने सबै प्रकारका दुर्व्यवहार तथा हिंसाको विरुद्धमा सदैव दृढतापूर्वक उभिँदै आएको बताएका छन् ।

आफ्नो सदस्य माथि पदाधिकारीद्वारा नै यौन दुर्व्यवहार भएको जानकारी पाएपछि बसेको आकस्मिक बैठकले सदस्य मोक्तानसँग आधिकारिक रुपमा जानकारी लिन र छानबिन गर्न समिति समेत गठन गरेको छ । संघकी कार्यसमिति सदस्य सुरक्षा भट्टराईको संयोजकत्वमा श्रृष्टी पोखरेल, गोपीकृष्ण चापागाईँ, अञ्जना दाहाल र आशिष ओली सदस्य रहेको गठित समितिले छानविन गरेर बुझाउने प्रतिवेदनको आधारमा संघले निर्णय लिने अध्यक्ष सिटौलाले बताए । उनले संघले आफ्नो सदस्यहरूको हकहितका लागि सदैव साथ रहेको समेत बताए ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ४ : ४२ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल