राप्रपा नेपालको मधेश प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न | Khabarhub Khabarhub

राप्रपा नेपालको मधेश प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको मधेश प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपालले आगुवा कार्यकर्ता भेला सम्पन्न गरेको हो ।

भेलाले जन्मसिद्ध नेपाली नागरिकबाट जन्मिएका सन्तानलाई सहज र सरल रुपमा नेपाली नागरिकता उपलब्ध गराउन नेपाल सरकार समक्ष जोडदार माग गर्ने निर्णय गरेको छ । त्यस्तै, ऐतिहासिक राम जानक मन्दिरलाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्न र जनकपुरधाममा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने समेत राप्रपा नेपालले माग गरेको छ ।

भेलाले नेपालको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको हुलाकी राजमार्गको काम थाल्न र पर्यावरणको सुनिश्चितासहित निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अघि बढाउन समेत माग गरेको छ ।

भेलाले हिन्दुराष्ट्र, लोकतन्त्र र राष्ट्रियताको मान्यतामा आधारित ’सम्वद्र्धनवाद’ को वैचारिक दर्शनको धरातलमा सुशासनको माध्यमबाट समृद्ध नेपालको लक्ष्य हासिल गर्ने उद्देश्य प्राप्तिका निम्ति पार्टीलाई देशको बलियो र अग्रणी शक्ति बनाउने अभियानमा सहभागि हुन समेत सबैसमक्ष आह्वान गरेको छ ।

आयल निगमले पटकपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नाले सर्वसाधारण जनतालाई ठूलो मर्का परेको भन्दै राप्रपा नेपालले सरकारले विभिन्न नाममा उठाउँदै आएको कर हटाएर भएपनि पेट्रोलियम पदार्थको मूल्य घटाउन पनि माग गरेको छ ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ४ : ४८ बजे

सोमबार सुनको मूल्य घट्यो, चाँदीको बढ्यो 

काठमाडौं– सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको

नाडा अटो शो मंगलबारदेखि

काठमाडौं– अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा) अटो शो–२०२५ भोलि (मंगलबार)देखि

टप टी-२० सिरिज : नेपालको लगातार तेस्रो हार, मेलबर्नसँग ३१ रनले पराजित

काठमाडौं – अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले लगातार

सिटिजन्स म्युचुअल फण्ड–२ ले ८.२५ प्रतिशत लाभांश दिने

काठमाडौं– सिटिजन्स बैंक कोष प्रवर्द्धक भएको र सिटिजन्स क्यापिटलको योजना

मेलबर्नविरुद्ध ओपनर आशिफ शेखको अर्धशतक

काठमाडौं – अस्ट्रेलियाको मेलबर्न स्टासविरुद्ध नेपालका ओपनर आशिफ शेखले अर्धशतक