अमेरिकामा दुई वर्षका अबोध बालकले खेलौना सम्झेर बन्दुकको ट्रिगर दबाउँदा पिताको मृत्यु « Khabarhub

अमेरिकामा दुई वर्षका अबोध बालकले खेलौना सम्झेर बन्दुकको ट्रिगर दबाउँदा पिताको मृत्यु


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको फ्लोरिडा राज्यस्थित ओर्लेण्डो सहर नजिकको एक घरमा दुई वर्षका बालकले गोली भरिएको बन्दुक खेलाउँदा उनका २६ वर्षीय पिताको मृत्यु भएको छ ।

भुइँमा रहेको झोलामा बन्दुक भेटेका ती अवोध बालकले खेलौना सम्झेर ट्रिगर दबाउँदा गम्भीर घाइते भएका उनका बाबु रेग्गी म्याब्रेको उपचारका लागि स्थानीय अस्पताल पु¥याएलगत्तै मृत्यु भएको अरेञ्ज काउण्टीका अधिकारीले पत्रकार सम्मेलनमा बताए । उनका छोराले ग्लोक १९ नामक बन्दुकले आफ्ना पितामाथि गोली चलाएको अमेरिकी अखबार न्युयोर्क टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।

अधिकारीहरुले सुरुमा रेग्गीले आत्महत्या गरेको आशङ्का गरेका थिए । यद्यपि पछि मृतकका जेठा छोराले अनुसन्धान अधिकारीहरूलाई आफ्ना दुई वर्षीय भाइले बन्दुकको ट्रिगर दबाउँदा कम्प्युटरमा भिडियो गेम खेलिरहेका बाबाको ढाडमा गोली लागेको बयान दिएका थिए । घटनाको समयमा पाँच महिनाकी बालिकासहित परिवारका पाँच सदस्य एउटै कोठामा रहेको बताइएको छ ।

पछिल्ला केही समययता अमेरिकामा विभिन्न गोलीकाण्डका घटनाबारे समाचार सार्वजनिक भइरहेका बेला अबोध बालकले बन्दुकलाई खेलौना सम्झेर आफ्नै पितामाथि गोली चलाएका हुन् ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ४ : ५९ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा