सौगातको फिल्ममा खगेन्द्र, दयाहाङ र निश्चल  « Khabarhub

सौगातको फिल्ममा खगेन्द्र, दयाहाङ र निश्चल 


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता सौगात मल्ल फिल्म निर्माणमा डेब्यु गरेको फिल्म ‘राधा’ मा अन्य अभिनेताले पनि साथ दिएका छन् । फिल्ममा सौगातसँगै निश्चल बस्नेत , खगेन्द्र लामिछाने, दयाहाङ राई, दिव्य देव जस्ता अन्य अभिनेता पनि छन् । आफ्नो निर्माणमा डेब्यु रहेको फिल्ममा अन्य अभिनेताले साथ दिदा सौगात दंग छन् । ‘मलाई कथा मन परेर फिल्म निर्माणमा जोडिएको हुँ । फिल्ममा काम गर्ने भनेर तयार परिएको कथामा आफू परिसकेपछि निर्माता बनेको हुँ’ सौगातले भने । उनले आफ्नो आग्रहलाई स्वीकार्दै स-सानो रोलममा समेत निश्चल, खगेन्द्र र दयाले अभिनय गरिदिएकोमा खुशी छन् । 

‘हाम्रो फिल्मको कथाले पात्रलाई बलियो बनाएको छ । कथा मात्र नभई पटकथा पनि बलियो छ । यसलाई स्टारडमले छोप्दैन’ सौगातले भने । सृष्टि श्रेष्ठ केन्द्रीय भूमिकामा रहेको फिल्ममा अभिनेता तर्फ थियटरका बलिया अभिनेताहरु छन् । ‘म फिल्मबाट नै चिनिएको हु । त्यसैले यही केही गरौँ भन्ने थियो । राधामा जुरेको हो’ सौगातले भने । 

भाद्र २४ लाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘राधा’ प्रिपोन्ड भएको छ । यो फिल्म अब दुई साता अगाडि भाद्र १० मा प्रदर्शनमा आउने भएको हो । सुवर्ण थापा निर्देशित यो फिल्म अब भदौ १० मा प्रदीप ‘प्रकाश’ संग भिड्ने छ । थिएटर पृष्ठभूमिकामा कलाकारको बाहुल्य रहेको फिल्मको सार्वजनिक नयाँ पोस्टरमा सृष्टिले बच्चा बोकिरहेकी छिन् । फिल्ममा मेनुका प्रधान, बुद्धि तामाङ आदिको पनि अभिनय देख्‍न सकिन्छ ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ५ : ३३ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल