सौगातको फिल्ममा खगेन्द्र, दयाहाङ र निश्चल  « Khabarhub

सौगातको फिल्ममा खगेन्द्र, दयाहाङ र निश्चल 


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता सौगात मल्ल फिल्म निर्माणमा डेब्यु गरेको फिल्म ‘राधा’ मा अन्य अभिनेताले पनि साथ दिएका छन् । फिल्ममा सौगातसँगै निश्चल बस्नेत , खगेन्द्र लामिछाने, दयाहाङ राई, दिव्य देव जस्ता अन्य अभिनेता पनि छन् । आफ्नो निर्माणमा डेब्यु रहेको फिल्ममा अन्य अभिनेताले साथ दिदा सौगात दंग छन् । ‘मलाई कथा मन परेर फिल्म निर्माणमा जोडिएको हुँ । फिल्ममा काम गर्ने भनेर तयार परिएको कथामा आफू परिसकेपछि निर्माता बनेको हुँ’ सौगातले भने । उनले आफ्नो आग्रहलाई स्वीकार्दै स-सानो रोलममा समेत निश्चल, खगेन्द्र र दयाले अभिनय गरिदिएकोमा खुशी छन् । 

‘हाम्रो फिल्मको कथाले पात्रलाई बलियो बनाएको छ । कथा मात्र नभई पटकथा पनि बलियो छ । यसलाई स्टारडमले छोप्दैन’ सौगातले भने । सृष्टि श्रेष्ठ केन्द्रीय भूमिकामा रहेको फिल्ममा अभिनेता तर्फ थियटरका बलिया अभिनेताहरु छन् । ‘म फिल्मबाट नै चिनिएको हु । त्यसैले यही केही गरौँ भन्ने थियो । राधामा जुरेको हो’ सौगातले भने । 

भाद्र २४ लाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘राधा’ प्रिपोन्ड भएको छ । यो फिल्म अब दुई साता अगाडि भाद्र १० मा प्रदर्शनमा आउने भएको हो । सुवर्ण थापा निर्देशित यो फिल्म अब भदौ १० मा प्रदीप ‘प्रकाश’ संग भिड्ने छ । थिएटर पृष्ठभूमिकामा कलाकारको बाहुल्य रहेको फिल्मको सार्वजनिक नयाँ पोस्टरमा सृष्टिले बच्चा बोकिरहेकी छिन् । फिल्ममा मेनुका प्रधान, बुद्धि तामाङ आदिको पनि अभिनय देख्‍न सकिन्छ ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ५ : ३३ बजे

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको

भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’ : थप ३० जना पक्राउ

भक्तपुर– भक्तपुर प्रहरीले सार्वजनिक स्थलहरुमा शान्तिसुरक्षा भङ्ग गर्ने गतिविधिमा संलग्न

कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

सन्तान छोडेर तीन दशकदेखि हात्ती स्याहार्दै श्रीनारायण

जंगलको शान्त वातावरण, लहरै बाँधिएका ठूला–ठूला हात्तीको स्याहार सुसारमा बितेका

हर्क साम्पाङ श्रमदानका लागि दार्चुला हिँडे– ‘विदेशी ऋण लिइँदैन, देश आफैँ बनाइन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज