निर्देशककै बाटोमा प्रदीप  « Khabarhub

निर्देशककै बाटोमा प्रदीप 


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतीक्षित फिल्म मध्येको एक  ‘प्रकाश’ को टिजर सार्वजनिक भएसँगै यसको चर्चा बढ्दो छ । कर्णालीको लुक्समा तयार पारिएको टिजरमा प्रदिप खड्का र दिया मास्के सशक्त भूमिकामा देखिएका छन् । दिनेश राउतको निर्देशनमा तयार फिल्मले एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा प्रस्तुत गरेको छ । विकास सुबेदीको लेखन रहेको फिल्मको टिजरले जनयुद्धमा सहभागी बेपत्ता योद्धाको परिवारको कथा देखाएको बुझ्न सकिन्छ । जहाँ आमा र छोराको इमोसन प्रस्तुत गरिएको छ । 

सार्वजनिक टिजरको पृष्ठभूमिमा बज्ने कर्णालीको लोक भाकाले त्यहाँको परिवेशसँग नजिक बनाएको छ । आगामी भाद्र १० गतेबाट प्रदर्शनमा आउने फिल्मको यसअघि फस्टलुक पोस्टर सार्वजनिक गरिएको थियो । जुम्लामा छायांकन भएको फिल्मले त्यहाँको परिवेशलाई टिपेको छ । यसमा प्रदिप र दियासँगै रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ । 

यो फिल्म मार्फत निर्देशक दिनेशसँगै प्रदीप पनि फेरिएका छन् । लभ स्टोरी फिल्म मार्फत आफूलाई स्थापित गरेका दिनेशले पछिल्ला केही फिल्म यता आफूलाई बदले । आइएम सरि , नोभेम्बर रेन र क्लासिक जस्ता लभ स्टोरी फिल्म निर्देशन गरेका दिनेशले पर्व मार्फत जनरा परिवर्तन गरे । त्यसपछि उनले निर्देशन गरेको फिल्म ‘प्रसाद’ को निकै चर्चा भयो । 

प्रसादसम्मको यात्रा तय गर्दा दिनेशले आफ्नो निर्देशकीय शैलीमा परिवर्तन गर्दै फरक जनरामा आफूलाई प्रमाणित गरे । त्यसपछि उनले निर्देशन गरेको फिल्म ‘प्रकाश’ मा उनी मात्र फेरिएका छैनन्, चकलेटी लुक्समा प्रदीप पनि फेरिए । ‘प्रेम’ को उपनाम दर्शक मार्फत पाएका प्रदीपलाई प्रकाश बन्न सहज थिएन । आफ्नो चकलेटी लुक्ससँगै अभिनय क्षमता देखाउनु पर्ने चुनौती पनि थियो । 

यद्यपि सार्वजनिक टिजरले यसलाई मेटाएको छ । प्रदीपका फ्यानले रुचाएका छन् भने उनको अभिनयलाई लिएर आउने प्रतिक्रिया पनि सकारात्मक छ । निर्देशन राउतले आफूले प्रदीपमा देखेको क्षमतालाई दर्शकसम्म ल्याउने आट गरेको बताउँछन् । ‘प्रदीपलाई पनि प्रकाश बनाउन सहज थिएन । यद्यपि उनले सक्ने भूमिका र त्यसको लागि गर्ने मेहनत देखेर मैले उनलाई प्रकाशको रुपमा दर्शकसामु ल्याउने आँट गरेको हुँ’ निर्देशक राउतले भने । उनले फिल्म मार्फत प्रदीपको चकलेटी ब्वाईसँगै चरित्रलाई निर्वाह गर्ने सक्ने क्षमतालाई बाहिर ल्याउनेमा विश्वस्त छन् । बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । फिल्म भदौ १० गते रिलिज हुँदैछ ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ५ : ४९ बजे

झापामा आज रातिदेखि मतगणना सुरु हुँदै

झापा– प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनको मतदान केन्द्रबाट मतपेटिकाहरू संकलन

काठमाडौंका यी स्थानमा हुँदैछ मतगणना

काठमाडौं– प्रतिनिधिसभा सदस्यको निर्वाचन आज सम्पन्न भएसँगै मतगणना तयारी भइरहेको

झण्डै ६० प्रतिशत मत खस्यो : आयोग 

काठमाडौं– काठमाडौं आज भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा देशैभरी झण्डै ६०

आयोगको औपचारिक घोषणा : प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मत खस्यो

काठमाडौं – निर्वाचन आयोगले बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनमा करिब

सामाजिक सञ्जालमा प्रधानमन्त्री कार्कीलाई बधाईको ओइरो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीलाई सामाजिक सञ्जालमा बधाईको ओइरो आएको छ