सरोजले भने, ‘भुवन दाइलाई पछुतो लाग्नेछ’  « Khabarhub

सरोजले भने, ‘भुवन दाइलाई पछुतो लाग्नेछ’ 


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता सरोज खनालले ‘बगान’ मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । उनको फिल्म छायांकन भएर पोष्ट प्रोडक्सनमा रहेको छ । फिल्म अमेरिकाको विभिन्न सहरमा प्रदर्शन गरेपश्चात् नेपालमा प्रदर्शन गर्ने उनको तयारी छ । फिल्मको बारेमा जानकारी दिन आयोजित समारोहमा निर्देशन बनेका सरोज खनालले आफूमा अन्य निर्देशकको बिम्ब आउने बताए । 

‘मैले काम गर्दै गर्दा कतै शोभित बस्नेत त कतै नरेश पौड्याल पाउनु हुनेछ । किनकी म कलाकार सरोज खनाललाई हावी हुन् दिन्न चाहन्थेँ’ सरोजले भने । उनले आफूले डेब्यु निर्देशकीय फिल्ममा नीर शाह, बसुन्धरा भुषाल, करिश्मा मानन्धर जस्ता अग्रज कलाकारहरुसँग काम गरेकोमा भाग्यमानी महसुस गरेको बताए । ‘मैले अभिनयका धुरन्धर अनुहारलाई एक्सन र कट भन्ने मौका पाए । निकै उत्साहित छु’ उनले भने । फिल्ममा उनले पनि सानो भूमिकामा अभिनय गरेका छन् । यद्यपि त्यो उनको चाहना थिएन । उनले त्यो भूमिका निर्वाह गरिदिन भुवन केसीलाई अफर गरेका थिए । तर, अभिनेता केसीले मानेनन् ।

‘फिल्ममा मैले एउटा क्यारेक्टर गरेको छु । जुन म गर्न चाहन्न थिएँ । मैले भुवन केसी दाइलाई त्यो क्यारेक्टरको अफर गरेको थिएँ । मलाई अलि बुढो खालको हिरो चाहिएको थियो । तर, भुवन दाइले ममाथि विश्वास गर्नुभएन कि क्या हो दुईटा मात्र सिन के गर्नु भन्नु भएपछि म आफैँले अभिनय गरेको हुँ’ सरोजले भने । उनले आफूलाई अलिक बूढो क्यारेक्टरको अभिनेता चाहिएकोले भुवनलाई अफर गरेको समेत बताए । ‘फिल्म हेरेपछि भुवन दाइलाई दुईटा सिनको क्यारेक्टर नगरेकोमा पछुतो हुनेछु’ अभिनेता खनालले भने ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ६ : २४ बजे

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको

भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’ : थप ३० जना पक्राउ

भक्तपुर– भक्तपुर प्रहरीले सार्वजनिक स्थलहरुमा शान्तिसुरक्षा भङ्ग गर्ने गतिविधिमा संलग्न

कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

सन्तान छोडेर तीन दशकदेखि हात्ती स्याहार्दै श्रीनारायण

जंगलको शान्त वातावरण, लहरै बाँधिएका ठूला–ठूला हात्तीको स्याहार सुसारमा बितेका

हर्क साम्पाङ श्रमदानका लागि दार्चुला हिँडे– ‘विदेशी ऋण लिइँदैन, देश आफैँ बनाइन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज