कर्पोरेट क्षेत्रमा अत्याधिक माग भएको टाटा टियागो, के भन्छन् उपभोक्ताहरू? | Khabarhub Khabarhub

कर्पोरेट क्षेत्रमा अत्याधिक माग भएको टाटा टियागो, के भन्छन् उपभोक्ताहरू?


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सका गाडीहरूले यति बेला नयाँ उचाइ पाइरहेको छ । विभिन्न श्रेणीमा कम्पनीको विभिन्न मोडलहरूले ख्याति कमाइरहेको छ। टाटा मोटर्सको ह्याच ब्यागदेखि एसयुभीसम्मले प्रतिस्पर्धात्मक बजार पाइरहेको छ । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि हो। यसले कम्पनीको बजार विस्तारमा दमदार प्रस्तुति दिइरहेको छ । बजार विस्तारका हरेक खण्डमा सिप्रदी अग्रपन्थीमा रहेको छ। सिप्रदीका अनुसार टाटाको विभिन्न मोडलमध्ये टियागो विशेष रुपमा कर्पोरेट क्षेत्रमा रुचाइएको छ । यो ह्याच ब्याग सुरक्षित हुनुका साथै आकर्षक र आरामदायी पनि छ।  

ह्याचब्यागमध्ये टाटाको टियागोले बजारमा राम्रो बजार हिस्सा ओगटेको छ । कम्पनीका अनुसार मासिक हिसाबमा समेत टियागोको बिक्रीदर उल्लेखनीय रूपमा बढिरहेको छ। टाटा मोटर्सले टियागो निर्माणको समयमा गाडीको बाहिरी आवरण, डिजाइन र स्टाइललाई मात्र हेरेको छैन । कम्पनीले गाडीलाई सुरक्षित बनाएको छ भने ह्याचब्याग संस्करणमा रहेको टियागोमा ग्राउन्ड क्लेरेन्सपावरमा विशेष जोड दिएको छ । त्यस्तै, टियागो बजेटमैत्री छ भने ग्राहकहरूले उच्च सर्भिस अनुभव गर्न पाउँछन्।   धेरैले टियागोलाई आफ्नो पहिलो कारको रूपमा पनि लिइरहेका हुन्छन्। टियागोले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा ४ स्टार पाएको छ।

यसै सन्दर्भमा हिमालयन बैंक लिमिटेडको आइटीका सहायक प्रबन्धक मनोज भन्छन्, ‘गाडीमा दिइएको सुरक्षा रेटिङले निर्धक्क रूपमा गाडी चलाउन एक प्रकारको विश्वास दिएको छ। म टियागोमा उत्तम ड्राइभिङ अनुभवका साथ ढुक्कसँग सुरक्षित र आरामदायी यात्रा गर्न सक्छु।’टाटा मोटर्सले टियागोमा सुरक्षाको लागि डुअल एयरब्याग, रिअर पार्क असिस्ट डिस्प्ले, इबिडीसिएससी सहितको एन्टी–लक ब्रेकिङ प्रविधि, स्पीड सेन्सेटिभ अटो लकिङ डोर, डिफगरसहितको रिअर वास वाइपर, १५ इन्चको अलोय ह्विललगायतका विशेषताहरू समावेश गरेको छ। त्यस्तै, गाडीमा पंचर रिपेयर किट पनि राखिएको छ। 

बैंकको आइटी सहायक प्रबन्धक मनोजलाई गाडीमा भएको सुरक्षासँगै यसको आन्तरिक विशेषताहरूले पनि लोभ्याएको बताउँछन्। उनले गाडीमा भएको म्युजिक सिस्टम निकै राम्रो लागेको बताए।  टियागोमा ८ वटा स्पिकर छ जसले गर्दा हरेक सिटमा बस्ने व्यक्तिले उत्तिकै आवाज र बेसमा गीत अथवा अन्य अडियो सुन्न सक्छन्। आइएमई लाइफका पोखरा क्लस्टर प्रमुख कृष्ण पौडेल पनि टियागोमा भएको ब्लुटुथ म्युजिकदेखि सन्तुष्ट छन्। उनी आफूलाई यो फिचरसँगै स्टेरिङबाटै फोन उठाउन सक्ने प्रविधि पनि मन पर्ने बताउँछन्। ‘अझ टियागो एक पर्फेक्ट फ्यामिली गाडी हो। बच्चाहरूको सुरक्षाको लागियसमाभएको चाइल्ड लक सिस्टम पनि निकै राम्रो छ,’ आइएमई लाइफका क्लस्टर प्रमुख कृष्णले भने। 

नेपाल एसबिआई बैंक दाङका शाखा प्रबन्धक सञ्जीव ढुङ्गेल पनि टाटा टियागो पारिवारिक गाडी रहेको बताउँछन्। उनलाई पनि गाडीमा भएको सुरक्षा विशेषताहरू मनपरेको बताउँदै भने, ‘टियागो निकै सुरक्षित छ। यसमा भएको पार्किङ सेन्सरले गाडी पार्क गर्न पनि मद्दत मिल्छ। सिटहरू पनि आरामदायी छन् भने आन्तरिक स्पेस पनि खुला र पर्याप्त छ।’’यसबाहेक आफूलाई टियागोले दिने माइलेज सन्तोषजनक रहेको उनी बताउँछन्। टियागोमा ३५ लिटरको इन्धन ट्याङ्क छ भने प्रतिलिटर यसले २० किलोमिटरसम्मको माइलेज दिन्छ। 

प्रभु बैंक झापाका शाखा प्रबन्धक उपेन्द्र नेपाल १२०० सिसीको कारमध्ये टाटा टियागो निकै अब्बल र राजमार्गहरूको लागि समेत उपयुक्त रहेको बताउँछन्। ‘टाटा टियागोमा उपभोक्ताले चाहको विशेषताहरू छन्। १२०० सिसी क्षमतामा यत्तिको गाडी हुनु भनेको तारिफयोग्य छ। माइलेज बढी दिनुका साथै टियागोको ग्राउन्ड क्लेरेन्स पनि तुलनात्मक रूपमा राम्रो छ।’टाटा टियागोमा १७० एमएम ग्राउन्ड क्लेरेन्स र २४०० एमएमह्विल बेस छ। यसमा ११९९ सिसी डिस्प्लेसमेन्ट दिइएको छ भने १.२ लिटर रिपोट्रोन, ३ सिलिन्डर पेट्रोल इन्जिन जडित छ। यो इन्जिनले ६,००० आरपिएममा ८६ पिएस पावर र ३,३०० आरपिएममा ११३ एनएमटर्क जेनेरेट गर्छ। 

टियागो पाँच स्पीड म्यानुअल ट्रान्समिसन र पाँच स्पीड एड्भान्स्ड अटोमेडेड म्यानुअल ट्रान्समिसन विकल्पमा उपलब्ध छ।
सानिमा बैंक लि.काइन्टर्नल अडिट उप–प्रमुख सबिता ढकालको पहिलो रोजाइपनि टाटा टियागो हो। उनलाई कारण सोध्दा गाडीमा बढी ग्राउन्ड क्लेरेन्स भएको, ड्राइभिङ अनुभव पनि सहज भएको र यसको डिजाइन पनि राम्रो भएको बताउँछिन्। उनी भन्छिन्, ‘टियागोमागियरसिफ्टिङ पनि सहज छ। स्टेरिङ कन्ट्रोल समेत आरामले गर्न सकिन्छ। त्यसैले टियागो मेरो रोजाइको गाडी हो।’
यता नबिल बैंकका क्रेडिट प्रशासनका प्रमुख रबिन बरिया टियागोको आन्तरिक विशेषता आकर्षक लागेको बताउँछन्। ‘टियागोको आन्तरिक डिजाइन प्रिमियम छ,’ उनले भने। टियागोको ड्यासबोर्ड डुअल टोनमा छ। भित्रयात्रु तथाचालकको लागिपर्याप्त ठाउँ दिइएको छ। ड्राइभर सिटपनिआफू अनुकुल मिलाउन सकिन्छ। गाडीको अगाडि भागका सिटहरूमा हेडरेस्ट छ। त्यस्तै, यसमा कुल्ड ग्लोब बक्सबीचमा कपहोल्डर पनि छ। 

नबिल बैंकका क्रेडिट प्रशासनका प्रमुख रबिनका अनुसार टियागोमा भएको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र ७ इन्चको इनफोटेनमेन्ट स्क्रिनले पनि गाडी चलाउँदा सहजता मिल्छ। यसमा एप्पलका र प्ले र एनड्रोइड अटो कनेक्टिभिटी विशेषता पनि समावेश गरिएको छ। यसबाहेक टियागोमा अटोमेटेड क्लाइमेट कन्ट्रोल, स्टेरिङ माउन्ट कन्ट्रोल जस्ता विशेषताहरू पनि पाउन सकिन्छ।

टियागोको डिकी क्षमता भने २४२ लिटरको छ। टाटा टियागो यसै ग्राहकहरूको रोजाईको गाडी बनेको भने पक्कै होइन। उहाँहरूले गाडी किन्न खर्चेको रकमबापतको सेवा टियागोमा अनुभव गर्न सक्छन्। त्यसैले पनि टियागो किफायती वा भनौं बजेट–मैत्री गाडीको रूपमा लिइन्छ।  टाटा पेसेन्जर भेइकलबिजनेस युनिटका सेल्स तथा मार्केटिङका प्रमुख शावन्तजंग सिजापतिकाअनुसार पनि ग्राहकहरूको रोजाइ विशेषत: सुरक्षित सावरीतर्फ रहेको बताउँछन। उनले टियागो सुरक्षित गाडी भएकाले धेरै ग्राहकहरू यसमा आकर्षित भएको बताए।

‘आकारको हिसाबमा पनि चिटिक्क परेको टियागो विशेष कर्पोरेट क्षेत्रका ग्राहकहरूको रोजाइमा परिरहेको छ। कर्पोरेट क्षेत्रका व्यक्तिहरूआफ्नो र परिवार सुरक्षामा बढी संवेदनशील हुन्छन्। त्यसैले पनि यो क्षेत्रको ग्राहक बढी भएका हुन्,’उनले भने। यसबाहेक ग्राहकहरूले लगानी गरेको कुनै पनि क्षेत्रबाट आफूले खोजे जत्तिकै सुविधा खोज्ने हुँदा टियागो उपयुक्त हुने सिजापतिले बताए। उनले भने, ‘भ्याल्यू फर मनी खोज्ने ग्राहकहरूको लागिपनि टियागो उपयुक्त छ। त्यस्तै, गाडी खरिद पछि टाटाले दिने सर्भिस सुविधाहरू पनि छिटो र किफायती छ।’

नेपालीबजारमा टाटाको टियागो एक्सई, एक्सटी, एक्सजेड, एक्सजेडए, एक्सजेड प्लस र एक्सजेडए भेरियन्टमा उपलब्ध छ। ग्राहकहरूले रातो, निलो, सेतो र ग्रे गरी चार विभिन्न रंगमध्ये आफूलाई मनपर्ने रंगमा टियागो खरिद गर्न सक्छन्।
टाटा मोटर्सले आफ्नो ७५ वर्षदेखि चलिआएको विरासत विस्तार गर्दै सम्हालिरहेको छ। यसले आन्तरिक र बाह्यबजारमा समेत निकै सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ७ : ५९ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्