क्व्होलासोथरका २१ घर पहिरोको उच्च जोखिममा « Khabarhub

क्व्होलासोथरका २१ घर पहिरोको उच्च जोखिममा


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको क्व्होलासोथर गाउँपालिका–६ पसगाउँ उपल्लो टोलको २१ घर पहिरोको उच्च जोखिममा परेको छ ।

भिरालो जमिनमा बस्ती रहेकाले जोखिममा परेको गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताए । ‘दक्ष प्राविधिक ल्याएर पहिरोको थप अनुसन्धान गरेर रोकथाम गर्नुपर्नेछ,’ उनले भने ।

दैनिकजसो पानी परिरहँदा स्थानीयहरू भने त्रसित हुने गरेका छन्। उक्त टोलमा १५० भन्दा बढी स्थानीय पहिरोले घर पुर्छकि भन्ने चिन्तामा छन्।

क्वहोलासोथर गाउँपालिका वडा नम्बर  ६ का अध्यक्ष मनलाल गुरुङले भने, ‘१५ असारमा ठूलो वर्षापछि पहिरो गएको थियो। सोपश्चात् पटकपटक थप पहिरो जाँदा बस्ती नजिकै पहिरो आइपुग्दा सिंगा बस्ती जोखिममा परेको छ । निर्माणाधीन ग्राभेल सडक बगैँचा पसगाउँ सिङ्दी सडक नै भासिएर पहिरो गएको र घरमाथिका जग्गासमेत सबै चिराचिरा परेकाले जुनसुकै बेला पनि पहिरो जाने सक्ने सम्भावना छ ।’

पहिराले बस्ती जोखिम बनाएकोबारे गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरीलगायत सम्बन्धित निकाय सबैलाई खबर गरिसकेको वडाध्यक्ष गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  १० : ४३ बजे

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको