जुम्लामा चट्याङ लागेर एक युवाको मृत्यु « Khabarhub

जुम्लामा चट्याङ लागेर एक युवाको मृत्यु


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लामा चट्याङ लागेर एक युवाको मृत्यु भएको छ । तिला गाउँपालिका ९ निवासी प्रेम बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार तिला गाउँपालिकाको रारालिहीबाट ४ घण्टा पैदल यात्रा गरेर पुगिने उक्त स्थानमा घटना भएको हो ।

मालापानी घरबाट टाढा दुई किमी सिमी गोड्न गएका १८ वर्षका बुढाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए  ।

उनका अनुसार पानी परेपछि उनी रुखको मुनि ओत लाग्न बसेका थिए । सोही स्थानमा चट्याङ परेको थियो । उक्त घटनापछि मध्यरात नै प्रहरी घटनास्थलमा पुगेको थियो। स्थानीयका अनुसार बुढाले बोकेको मोबाइलमा समेत क्षति भएको छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  १० : ५९ बजे

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको