साझाका बिजुली बस आजदेखि चल्ने, यस्ता छन् विशेषता « Khabarhub

साझाका बिजुली बस आजदेखि चल्ने, यस्ता छन् विशेषता


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साझा यातायातले नेपालमा पहिलो पटक बिजुली बस चलाउन सुरु गर्दैछ । इन्धनको भाउ आकासिएसँगै साझाले सुविधा सम्पन्न बिजुली बस चलाउने भएको हो।

रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एयरपोर्ट रुटमा २ वटा बस चल्ने छन् भने लगनखेल, रत्नपार्क हुँदै बुढानीलकण्ठ रुटमा अर्को बस गरी तीन वटा चल्नेछ ।

बसका चालक र सहचालक महिला हुने कम्पनीले जनाएको छ ।

यस्ता छन् विशेषता
यसको मुख्य विशेषता भनेको अपाङ्गमैत्री हो । अपाङ्गता भएकाहरू ह्वील चियरको सहायताले चढ्न/ओर्लन सक्ने छन् भने उनीहरुलाई छुट्टै सिटको व्यवस्था गरिएको छ।

चालक, परिचालक, अपाङ्गता, महिला सिट, ज्येष्ठ नागरिक गरी बसमा २६ वटा सिट छ। उभिएर यात्रा गर्न परे ह्यान्डल बार राखिएको छ ।

यी बसमा चोरी डकैती, पकेटमारको समस्याबाट यात्रु मुक्त हुने छन् । सीसीटीभी, टिभी, जडान गरिएकाले पूर्ण सुरक्षाको प्रत्याभूत यात्रुले गर्ने छन्  ।

यात्रा अवधिमा यात्रुलाई एक्लो महसुस हुने छैन ।

बसमा वाइफाइको सुविधा छ ।

फोहर व्यवस्थापनको लागि डस्टविन पनि छ।

यात्रु ओर्लने सुचना दिनको लागि विशेष बटमको सुविधा छ । त्यो वटम यात्रुले आफ्नो स्थान आउने बित्तिकै थिच्न सक्छन्  ।

१ सय ६१ दशमलव २८ किलो वाटको बसको ब्याट्रीलाई ५ घण्टा चार्ज गर्दा २ सय किलोमिटर गुड्ने बताइएको छ।

यस्ता बसहरू थप्दै जाने साझाको तयारी छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ११ : २२ बजे

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको