कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई भन्यो– सार्वजनिक स्थलमा मास्क लगाऊ  « Khabarhub

कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई भन्यो– सार्वजनिक स्थलमा मास्क लगाऊ 


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कतारको दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सार्वजनिक स्थलमा जाँदा अनिवार्य मास्क लगाउन आग्रह गरेको छ ।

दूतावासले आज एक विज्ञप्ति जारी गर्दै त्यहाँ रहेका नेपालीलाई मास्क नलगाई बाहिर ननिस्कन सतर्क गराएको हो ।

‘कतारमा कोरोना संक्रमणको दरहरू बढ्दै गएको सन्दर्भमा कतारको मन्त्रिपरिषद्को निर्णय बमोजिम यहाँ बसोबास गर्ने  ६ वर्ष भन्दा बढी उमेरका सबैले आज ७ जुलाई २०२२ बाट लागू हुनेगरी बन्द सार्वजनिक स्थलमा फेश मास्क अनिवार्य गरिएको छ,’ दूतावासले विज्ञप्तिमा भनेको छ ।

पछिल्लो समय वैदेशिक रोजगारीको सिलसिलामा सबैभन्दा बढी नेपाली कतार जाने गरेका छन् । कतारमा हाल तीन लाखभन्दा बढी नेपाली रहेका छन् ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  १२ : ४३ बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप