जनताका हितमा संघीयता आवश्यक : मन्त्री श्रेष्ठ « Khabarhub

जनताका हितमा संघीयता आवश्यक : मन्त्री श्रेष्ठ


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले जनताको हित र संरक्षणका लागि संघीयता आवश्यक भएको बताएका छन्। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गतको आज भएको ‘चौथो दक्षिण एसियाको सार्वजनिक नीति तथा शासन’ विषयक दुई दिने सम्मेलन शुभारम्भ गर्दै उनले नागरिकलाई सहज, सुलभ तथा प्रभावकारी सेवा प्रदान गर्न संघीयता आवश्यक रहेको बताएका हुन् ।  

मन्त्री श्रेष्ठले भने, ‘नागरिकको मौलिक हक प्रत्याभूति गर्नाका साथै मुलुकले आफ्नो कार्यक्षमता विस्तार गर्न पनि संघीयताको आवश्यकता रहन्छ ।’  संघीय शासन व्यवस्थालाई संस्थागत गरी नागरिकका आकाङ्क्षा पूरा गर्न तथा राष्ट्रको विकासका लागि आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक विषयमा समेत बृहत् छलफल गर्न आवश्यक रहेको उनले बताए  ।

प्रतिष्ठानका कार्यकारी निर्देशक राजन खनालले मुलुकमा राजनीतिकका साथै प्रशासनिक तथा जनताको हितमा के–कस्ता काम भइरहेका छन् सो विषयमा विज्ञबीच छलफल गरी जानकारी लिनुपर्नेमा जोड दिए । उनले भने, ‘अन्य एसियाली मुलुक भारत, पाकिस्तान, अफगानिस्तान, श्रीलङ्काले संघीयताको अभ्यासमा के–कसरी काम गरिरहेका छन् उनीहरूको अनुभव पनि लिनुपर्छ ।’

कार्यक्रममा मुलुकको संघीय शासन प्रणालीको अभ्यासका लागि नीति निर्माण तथा शासकीय आयाम र पद्धतिका बारेमा छलफल एवं अनुभव आदानप्रदान गरिएको थियो 

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  १२ : ४५ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा