रेणुकाको उपचारमा कमी हुन नदिने खेलकुद मन्त्री गहतराजको प्रतिबद्धता « Khabarhub

रेणुकाको उपचारमा कमी हुन नदिने खेलकुद मन्त्री गहतराजको प्रतिबद्धता


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय फुटबल टिमकी कप्तान रेणुका नगरकोटीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

१९ औँ एसियाली खेलकुद प्रशिक्षणका क्रममा घाइते भएकी नगरकोटीलाई भेट्न बिहीबार बिहान बीएण्डबी अस्पताल पुगेका मन्त्री गहतराजले पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन् ।

प्रशिक्षणका क्रममा दुःखद घटना भएको भन्दै मन्त्री अथकले नगरकोटेलाई छिट्टै मैदानमा फर्केको हेर्न चाहेको बताए । यस्तै, घाइतेको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धतासमेत जनाए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गरेको बन्द प्रशिक्षणका क्रममा घाइते भएकी रेणुकाको क्यारिकलबोन (ब्युटी बोन) भाँच्चिएको थियो । मंगलबार साँझ उनको शल्यक्रिया भएको थियो ।

शल्यक्रियासँगै रेणुका करिब १० साता मैदान बाहिर हुने भएकी छिन् । यस्तै, घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिपसमेत रेणुकाले गुमाउने छिन् ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  १ : ४९ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा