अर्थमन्त्रीले राजीनामा दिएर उच्च राजनीतिक संस्कार देखाए : अध्यक्ष प्रचण्ड | Khabarhub Khabarhub

अर्थमन्त्रीले राजीनामा दिएर उच्च राजनीतिक संस्कार देखाए : अध्यक्ष प्रचण्ड


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नैतिकताको खडेरी परिरहेको मुलुकको राजनीतिमा प्रश्न उठेपछि राजीनामा दिएर अर्थमन्त्री जनार्दन शर्माले उच्च राजनीतिक संस्कार देखाएको बताएका छन् ।

राजधानीमा जारी केन्द्रीय समितिको बैठकमा सदस्यहरूले उठाएको प्रश्नको जिज्ञासाको जवाफ दिँदै उनले माओवादीले मात्रै नेपाली राजनीतिमा नैतिकताको संस्कार र त्याग पनि हुन्छ भन्ने विषयको सञ्चारसमेत भएको बताए। अर्थमन्त्रीका रूपमा नेता शर्माले कुनै गलत काम नगरेको स्पष्ट पार्दै अध्यक्ष दाहालले बजेटमा समावेश भएका कतिपय प्रगतिशील विषय केही मानिसलाई मन नपरेको उल्लेख गरे ।

उनले वर्तमान सरकार र गठबन्धन बनेदेखि नै यसलाई टुटाउनका लागि अनेकन प्रयास भइरहेको तथ्य पेस गर्दै अर्थमन्त्रीको मानमर्दन गरिनु पनि त्यसैको निरन्तरता भएको अथ्र्याउए। “अर्थमन्त्रीले आफूले कुनै पनि गलत काम नगरेको भनेर पटक–पटक प्रष्टिकरण दिँदै आउनुभएको र बुधबार संसद्मा आफ्नो कुरा स्पष्टसँग राखेर राजीनामा दिनुभएको छ, यसले त्याग र नैतिकताको सन्देश गएको छ”, अध्यक्ष दाहालले भने।

बजेट निर्माणको अन्तिम दिन अनधिकृत मानिसलाई प्रवेश गराएको लगायतका विषयमा प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका थिए । त्यस सम्बन्धमा छानबिनका लागि प्रतिनिधिसभाले ११ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

अनावश्यक विषयलाई उचालेर माओवादी नेतृत्वको मानमर्दन गर्ने र गठबन्धन धरापमा पार्न सकिन्छ कि भन्ने ध्येयका साथ केहीले गलत राजनीति गर्न खोजे पनि उनीहरू परास्त भएको अध्यक्ष दाहालको भनाइ छ । यही असार १९ गते आइतबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा सोही दिन र सोमबार केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए । बैठकमा अध्यक्ष दाहालले १० पेज लामो राजनीतिक प्रतिवेदन पेस गरेका थिए।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  २ : ५१ बजे

सात महिनामा साढे ६ लाख पर्यटक नेपाल भित्रिए, जुलाईमा मात्रै ७० हजारको आगमन

काठमाडौं– सन् २०२५ को जुलाई महिनामा नेपालले कुल ७० हजार

माछा बेचेर ६ लाख १७ हजार रुपैयाँ राजश्व संकलन

मकवानपुर– मत्स्य विकास केन्द्र कुलेखानी मकवानपुरले आर्थिक वर्ष (आव) २०८१–८२

८१ वर्षको उमेरमा नागरिकता 

उदयपुर– उदयपुरको चौदण्डी गढी नगरपालिका– १ की ८१ वर्षीया कालमाया

घृणा जगाएर अमर बनेका ‘शकुनी’

भारतीय टेलिभिजनको इतिहासमा एक यस्तो पात्र छन्, जसको एक मुस्कान,

सुख्खाग्रस्त मधेशमा वर्षा, किसानलाई राहत

महोत्तरी– लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसान वर्षा भएसँगै