लमजुङ कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदी बन्दी « Khabarhub

लमजुङ कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदी बन्दी


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- जिल्ला कारागार लमजुङमा क्षमताभन्दा तेब्बर कैदी बन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कारागारको क्षमता ३५ जनाको भए पनि अहिले एक सय दुई जना कैदी बन्दी राखिएको छ । कारागारमा ६ महिला र ९६ पुरुष छन् ।

कारागारका जेलर सुवास केसीका अनुसार कारागारको क्षमता ३५ जनाको मात्रै हो । ‘भवन जीर्ण छ, कैदी बन्दीको सङ्ख्या बढेको बढ्यै छ,’ उनले भने, वैकल्पिक व्यवस्थापन हुन नसक्दा कैदीबन्दीहलाई बस्न समस्या भएको छ ।’

सुत्ने बस्न समेत समस्या भएको कैदीहरूको गुनासो हुने गरेको उनी बताउँछन् । फरार अभियुक्तहरू धमाधम पक्राउ पर्न थालेका कारण कैदी बन्दी बढेका हुन् । ०२८ सालमा स्थापना भएको कारागार ०७२ को भूकम्पले जीर्ण बनेको छ ।

कारागारका चौकीदार नवीन गुरुङले क्षमताभन्दा तेब्बर कैदी बन्दी भएको कारागारमा वैकल्पिक व्यवस्थापन हुन नसक्दा कैदी बन्दीलाई सुत्न र शौचालय जान समस्या भएको बताए ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ३ : १८ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने