लमजुङ कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदी बन्दी « Khabarhub

लमजुङ कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदी बन्दी


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- जिल्ला कारागार लमजुङमा क्षमताभन्दा तेब्बर कैदी बन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कारागारको क्षमता ३५ जनाको भए पनि अहिले एक सय दुई जना कैदी बन्दी राखिएको छ । कारागारमा ६ महिला र ९६ पुरुष छन् ।

कारागारका जेलर सुवास केसीका अनुसार कारागारको क्षमता ३५ जनाको मात्रै हो । ‘भवन जीर्ण छ, कैदी बन्दीको सङ्ख्या बढेको बढ्यै छ,’ उनले भने, वैकल्पिक व्यवस्थापन हुन नसक्दा कैदीबन्दीहलाई बस्न समस्या भएको छ ।’

सुत्ने बस्न समेत समस्या भएको कैदीहरूको गुनासो हुने गरेको उनी बताउँछन् । फरार अभियुक्तहरू धमाधम पक्राउ पर्न थालेका कारण कैदी बन्दी बढेका हुन् । ०२८ सालमा स्थापना भएको कारागार ०७२ को भूकम्पले जीर्ण बनेको छ ।

कारागारका चौकीदार नवीन गुरुङले क्षमताभन्दा तेब्बर कैदी बन्दी भएको कारागारमा वैकल्पिक व्यवस्थापन हुन नसक्दा कैदी बन्दीलाई सुत्न र शौचालय जान समस्या भएको बताए ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ३ : १८ बजे

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो

पिएम कपमा विनोद भण्डारीको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले