एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस् : देव गुरुङ « Khabarhub

 एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस् : देव गुरुङ


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने पत्र अविलम्ब पठाउन माग गरेको छ ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङले एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाउन माग गरेका हुन् ।

सरकारले एसपीपीमा सहभागी नहुने भन्दै पत्राचार गर्ने निर्णय गरे पनि हालसम्म पत्र नपठाइएको भन्दै उनले अविलम्ब अमेरिकालाई पत्राचार गरेर नेपाल एसपीपीमा सहभागी नहुने जानकारी गराउन माग गरेका हुन् ।

गत ६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने र अमेरिकालाई पत्र पठाउने निर्णय गरेको थियो । तर, १९ असारमा परराष्ट्र मन्त्रालयले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्राचार नगरिएको र तयारी भने भइरहेको जनाएको थियो ।

यसपश्चात् बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा माओवादी प्रमुख सचेतक गुरुङले एसपीपीमा सहभागी नहुने अविलम्ब अमेरिकालाई पत्र पठाउन माग गरेका हुन् ।

‘सरकारले गरेको एसपीपी सम्झौता नगर्ने निर्णय अहिलेसम्म परराष्ट्र मन्त्रालयबाट पत्राचार भएको छैन । अविलम्ब पत्राचार गरियोस्,’ गुरुङले भने, ‘आइपीएसको सदस्य पनि नेपाल बन्न सक्दैन । यसबारे पनि पत्राचार गरियोस् ।

एमसीसी अनुमोदन गर्ने क्रममा संसद्ले गरेको १२ बुँदे व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार नगरेको भनिएको विषयलाई पनि प्रष्ट्याउन उनले माग गरे ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ३ : ४२ बजे

वैशाख महिनाका लागि घट्यो वाणिज्य बैंकहरूमा व्यक्तिगत निक्षेपको ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले आगामी २०८३ वैशाख महिनाका लागि नयाँ ब्याजदर

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौं– नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय

सडकपेटीमा व्यापार नगर्न नगरपालिकाको निर्देशन

गाईघाट– सदरमुकाम गाईघाट बजारका मुख्य सडकपेटीहरुमा व्यापार व्यवसाय गर्न त्रियुगा

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी