‘चुलबुल चुलबुल’ गर्दै धिरज र अदिती (भिडियो)  « Khabarhub

‘चुलबुल चुलबुल’ गर्दै धिरज र अदिती (भिडियो) 


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी भाद्र ३१ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बाबरी’को गीत ‘चुलबुल चुलबुल’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अभिनेत्री अदिती बुढाथोकी र धिरज मगर फिचर्ड छन्।

सुजन चापागाईँको संगीत तथा रविन्द्र लामिछानेको शब्द रचना रहेको गीतमा संगीतकार चापागाई र सुनिता थेगिमको स्वर सुन्न सकिन्छ । सार्वजनिक गीतलाई विक्रम लामा र एञ्जिला खत्रीले कोरियोग्राफी गरेका हुन् । ‘बाबरी रंग’ ले दर्शकमाझ राम्रो हाइप बनाएकाले पनि निर्माण टिम यसको सार्वजनिक दोस्रो गीतले दर्शकको मन जित्नेमा विश्वस्त देखिन्छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मलाई सुरेन्द्र पौडेलको निर्देशन गरेका हुन् । यसमा धिरज नाडकर, बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

बाबरी फिल्मको प्रस्तुतिमा निर्माण भएको फिल्मको निर्माता गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी हुन् । यसको कथा निर्देशक पौडेलले नै लेखका हुन् । फिल्मको पटकथा तथा संवाद रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले मिलेर लेखेका हुन् । यसलाई काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ४ : २६ बजे

जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

टोकियो- जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको

सुशासनका सवालमा सरकार असफल देखियो : खुस्बु ओली

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुशासनका सवालमा

सभामुखले भने- आईपीयू बैठकमा बाढीपहिरो र जलवायु असरबारे आवाज उठाउँछु

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले अन्तर–संसदीय संघ(आइपीयु)को बैठकमार्फत जलवायु परिवर्तनले

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग