स्ट्रिमिङ साइट्सले हटायो माइकल ज्याक्सनको गीत  « Khabarhub

स्ट्रिमिङ साइट्सले हटायो माइकल ज्याक्सनको गीत 


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ- विश्वविख्यात पप गायक तथा डान्सर माइकल ज्याक्सन प्रायः आफ्नो गीतका कारण चर्चामा आइरहन्थे । भलै उनी अहिले संसारमा नभए पनि उनको गीतले अझै दर्शकलाई मनोरञ्जन दिइरहेको छ । यहीबीचमा दिवंगत गायकसँग जोडिएको एक खबर बाहिर आएको छ ।

हालै मात्र माइकलका तीन गीतलाई स्ट्रिमिङ साइट्सबाट हटाइएको छ । माइकलका यी तीन गीतलाई लामो समयदेखि अरुकै गीत भनेर दाबी भइरहँदा स्ट्रीमिङबाट हटाइएको हो ।

सन् २०१० मा बजारमा आएको एल्बम ‘माइकल’मा ‘ब्रेकिङ न्यूज’, ‘मोन्स्टर’ र ‘किप योर हेड अप’ गीत समावेश थिए । यो गीतलाई माइकलको निधनको एक वर्षपछि सार्वजनिक गरिएको थियो । यो गीत सार्वजनिक हुनासाथ केही फ्यानले गीतमा अमेरिकी गायक जेसन मलाचीको ओरिजिनल स्वर रहेको दाबी गरेका थिए । यद्यपि, सोनीले यी सबै दाबी अस्वीकार गरेको थियो ।

रेकर्ड कम्पनी र ज्याक्सनका प्रतिनिधिले गीतमाथि भइरहेको विवादलाई सरल र सजिलो तरिकाले समाधान गर्न गीत हटाउने निर्णय लिएको जानकारी दिएको छ । तर, गीतको प्रमाणीकरणका विषयमा कुनै शंका नगर्न उनीहरूले आग्रह गरेका छन् । उनीहरूले स्ट्रीमिङ साइट्समा एल्बमका अन्य सात गीत भने उपलब्ध हुने उल्लेख गरेका छन् ।

माइकलले सन् २००७ मा निर्माता एडवर्ड क्यासियो र जेम्स पोर्टेसँग यो गीत लेखेर रेकर्ड गरेका थिए । तर, गीत रेकर्ड भएपछि उनका परिवारका केही सदस्य तथा प्रशंसकले ‘के गीतमा माइकलकै स्वर थियो त ?’ भनी सन्देह व्यक्त गरेका थिए ।

सन् २०१४ मा प्रशंसक वेरा सेरोवाले क्यालिफोर्नियामा सोनी, ज्याक्सनका स्टेट, क्यासियो र पोर्टेविरुद्ध उपभोक्तासँग झुट बोलेको आरोप लगाउँदै उजुरी दिएका थिए ।

यद्यपि, अदालतले सन् २०१८ मा सोनी र एस्टेटको पक्षमा फैसला सुनाउँदै उजुरी खारेज गरेको थियो । त्यसपछि सरोवाले क्यालिफोर्नियाको सर्वोच्च न्यायालयमा अपिल गरेका थिए । तर, न्यायाधीशहरुले भने यो विषयमा कुनै सुनुवाइ गरेनन् ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ४ : ४९ बजे

फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या

काठमाडौं – मेटा कम्पनीअन्तर्गत सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक म्यासेन्जरमा

होर्मुज सङ्कटले विश्व अर्थतन्त्रमा जोखिम बढाउने चेतावनी

मनिला – संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले होर्मुज जलसन्धिमा

घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु

भद्रपुर– झापाको दमकमा घरायसी विवादका क्रममा श्रीमानको खुकुरी प्रहारबाट गम्भीर

‘कांग्रेसका पाँच पुस्तालाई मिलाएर लैजाने दायित्व गगन थापाको हो’

काठमाडौं- नेपाली कांग्रेसभित्र पछिल्लो समय चुलिएको आन्तरिक असन्तुष्टि र सम्भावित