उपराष्ट्रपति पुन र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता  « Khabarhub

उपराष्ट्रपति पुन र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता 


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ सँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । 

बिहीबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको छ ।  भेटमा उपराष्ट्रपतिले नेपाल र भारतको सम्बन्ध विशिष्ट प्रकारको रहेको बताएका थिए । उनले दुई देशबीच धार्मिक, सांस्कृतिक, आर्थिक सम्बन्ध रहेको उल्लेख गर्दै सम्बन्धलाई दिगो बनाउनुपर्नेमा जोड दिएका थिए । 

उपराष्ट्रपतिले नेपाल भारत र चीनको बीचमा रहेको बताउँदै उनले नेपाल, भारत र चीनबीच त्रिपक्षीय सहकार्य गर्नुपर्ने बताएका थिए । त्रिपक्षीय सहकार्यमा नेपालले सकारात्मक भूमिका खेल्न सक्ने उनले जनाए । भेटमा उपराष्ट्रपतिले भारतसँग नेपालको व्यापार घाटा उच्च रहेको बताउँदै व्यापार सन्तुलनका लागि भारतको भूमिका महत्वपूर्ण हुने जनाएका थिए । 

उपराष्ट्रपतिसँगको भेटमा भारतीय राजदूत श्रीवास्तवले नेपाल भारतको असल छिमेकी मित्र भएको बताएका थिए । 

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ५ : ०७ बजे

एमाले अध्यक्ष ओली झापा-५ बाटै चुनाव लड्ने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानै

चितवन-३ बाट सोबिता उठ्ने निश्चित, नेकपाकी रेनुसँग प्रतिस्पर्धा हुने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेताहरूको निर्वाचन क्षेत्र टुंग्याउन

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत

प्रशान्त तामाङप्रति उर्लाबारीमा श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

उर्लाबारी – दिवंगत गायक प्रशान्त तामाङको असामयिक निधनप्रति गहिरो दुःख

धमाधम सजाइँदै दमकमा बालेनलाई राख्ने घर (तस्बिरहरू)

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि हराउने