गगन भन्छन्, ‘विदेशी लगानीमा सीमा नराखौँ’ « Khabarhub

गगन भन्छन्, ‘विदेशी लगानीमा सीमा नराखौँ’


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले वैदेशिक लगानीलाई पनि प्रोत्साहन गर्नु पर्ने बताएका छन् । कफी पारखीहरू माझ आफ्नो छुट्टै पहिचान बनाउन सफल रेडमड कफीको १३ औँ आउटलेटको शुभारम्भ गर्दै नेता थापाले यस्तो बताएका हुन् ।

‘रेडमडले भित्राएको जस्तै वैदेशिक लगानीलाई पनि प्रोत्साहन गर्न वैदेशिक लगानीका लागी आवश्यक नीति नियमको लागी पहल  गर्छु’ थापाले भने । उनले वैदेशिक लगानी नेपालमा भित्र्याउने बाटो सरल र सहज हुनु पर्नेमा जोड दिए। ‘प्रवासी नेपालीले लगानी गर्छन् भने लगानी न्यूनतम यति भन्ने राख्नु हुन्न । विदेशीको हकमा एक करोडसम्म राख्न सकिएला । लगानीको सीमा भन्दा पनि कहाँ लगानी गर्न पाइने, कहाँ नपाइने भन्ने छुट्टाउनु पर्छ’ गगनले भने ।

उनले ५ करोड न्यूनतम लगानीको सीमाले गर्दा धेरै एनआरएनहरुले स-साना लगानी गर्न नपाएको बताए । उनले युवापुस्तालाई स्वदेशमा रहेर नै लगानी गर्ने वातावरण आफूहरूको दायित्व रहेको समेत बताए । ‘युवाले गर्ने लगानी वा सञ्चालन गर्ने व्यवसाय मार्फत नै विकसित हुँदै अगाडी बढ्ने हो । पछिल्लो समय विदेशमा रोजगारीको लागि बढिरहेको आकर्षणलाई कम गर्न युवाहरू उद्यमी बन्नु जरुरी छ’ नेता थापाले भने । नेता थापासँगै शुभारम्भ कार्यक्रममा पुगेकी मिस इन्टरनेशनल नेपाल २०१७ नीति शाहले युवापुस्तालाई आकर्षण गर्न युवा नै व्यवसायमा आउनु पर्नेमा जोड दिइन् ।

कफी पारखीका लागि आकर्षक एम्बियन्स र शान्त वातावरण सहितको सेवा रेडमड ११ वर्षअघि काठमाडौँको थापाथलीमा पहिलो आउटलेट खोलेर सञ्चालनमा आएको थियो। विस्तार हुने क्रममा रहेको रेडमडले आफ्नो १३ औँ शाखा टुसाल,बौद्धमामा खोलेको हो।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ५ : २९ बजे

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो

पिएम कपमा विनोद भण्डारीको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले

पूर्वप्रधानमन्त्री ओलीको आज शल्यक्रिया हुँदै

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको

सलहेश फूलबारी मेलामा भक्तजनको चहलपहल

सिरहा– नयाँ वर्षको अवसर पारेर प्रत्येक वर्ष वैशाख १ गते

पिएम कपमा आशिफ शेखको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका आशिफ शेखले