पोखरा ‘ट्रमा काउन्सेलिङ’ तालिम सुरु « Khabarhub

पोखरा ‘ट्रमा काउन्सेलिङ’ तालिम सुरु


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- अपाङ्गता भएका महिला, बालिकाविरुद्ध हुने लैङ्गिक हिंसा र आघात व्यवस्थापनसम्बन्धी पाँच दिने ट्रमा काउन्सेलिङ तालिम सुरु भएको छ । नेपाल अपाङ्गता महिला सङ्घद्वारा आयोजित सो तालिममा विभिन्न परिस्थितिका कारण अपाङ्गता हुन पुगेका व्यक्तिको सहभागिता छ ।

तालिममा उनीहरुले भोग्नु परेको विभेद्, हिंसा र यसबाट उत्पन्न हुने मानसिक स्वास्थ्य समस्यालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने जानकारी दिइने सहजकर्ता कञ्चन रावतले जानकारी दिइन्। उनले भनिन्,“जीवन सधैँ सोचे जस्तो हुँदैन, सोच्दै नसोचेका कतिपय घटना दुर्घटनाले मानिसको जीवनले फरक मोड लिन्छ, त्यसलाई स्वीकार्न मानिसलाई निकै गाह्रो हुन्छ मानसिक समस्या देखिन्छन् ।” जीवन भोगिरहेका अपाङ्गता भएका महिलालाई उदासी र नैराश्यताबाट टाढा रहेर कसरी सकारात्मक रुपमा सार्थक जीवन जिउने भन्ने विषयमा तालिम प्रदान गरिने बताइन्।

सेवाग्राहीको प्रारम्भिक अवस्थाको मनोविज्ञान अध्ययन गरेर सेवा प्रदायकले सोही आधारमा प्रभावकारी सेवा प्रदान गर्न सक्ने व्यवहारिक पक्षलाई तालिममा समावेश गरिएको जानकारी दिइन् । कार्यक्रममा नेपाल अपाङ्गता महिला सङ्घको अध्यक्ष तारा दाहालले अपाङ्गता भएकाप्रति समाज अझै पनि सकारात्मक हुन नसकेको बताइन्।

उनले प्रदेशका कास्की, तनहुँ, म्याग्दी, गोर्खा जिल्लाका अपाङ्गता भएका महिला तथा सरोकारवालाका लागि पहुँचयुक्त आघात व्यवस्थापन र मनोपरामर्शसम्बन्धी तालिम प्रदान गरेर उनीहरुको पीडालाई कम गर्ने तालिम उद्देश्य रहेको जानकारी दिइन् । नेपालमा भूकम्प र कोभिड पछाडि मानसिक स्वास्थ्यमा धेरै समस्या देखिएको र यसलाई अझै पनि समाजले समस्याको रुपमा लिन नसक्दा विकराल रुप लिँदै गएको उनको भनाइ थियो ।

तालिममा राष्ट्रिय अपाङ्गता महासङ्घ अनुशासन आयोगका सदस्य लोचना अधिकारीले समाजमा अपाङ्गता भएका महिलाले विभिन्न खाले हिंसा भोगिरहेको तर त्यसलाई बाहिर ल्याउन सहज वातावरण नहुँदा पीडा लिएर बाँच्न बाध्य भएको बताइन्।

तालिममा प्रदेशमा चार जिल्लाका ३० जनाको सहभागिता रहेको सङ्घका गण्डकी प्रदेशका श्रोत व्यक्ति गङ्गा देवकोटाले जानकारी दिइन् ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ६ : ०८ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन