थाइल्यान्डमा पनि एनआरटीको हारबाट सुरुवात « Khabarhub

थाइल्यान्डमा पनि एनआरटीको हारबाट सुरुवात


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मलेसिया भ्रमणपछि थाइल्यान्ड पुगेको न्युरोड टिम एनआरटी अभ्यास खेलमा स्थानीय कासेम बन्डित युनिभर्सिटी एफसीसँग ५-२ अन्तरले पराजित भएको छ । बिहीबार भएको मैत्रीपूर्ण खेलमा एनआरटीले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन सफल भएन । एनआरटीको लागि संजोक राई र विदेशी खेलाडी स्टेफन समिरले एक एक गोल गरे । 

संजोकले ३२ औँ मिनेटमा गोल गरेका थिए भने स्टेफनले ४८औँ मिनेटमा दोस्रो गोल गरे । युनिभर्सिटीका लागि चायसर्न, सुचोन सान्गुआन्दी, सेउङ चान्मुन, सुपकृत पेटसनथिरासक खम्राङसीले एक एक गोल गरे । 

यसपछि एनआरटीले शीर्ष डिभिजनको चोनबुरी एफसीथोनबुरी एफसीसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । 

यसअघि मलेसियामा एनआरटीले टीवाईसी कपमा दुई खेल खेलको थियो । दुबै खेलमा पराजित एनआरटीले १० गोल बेहोर्दा १ गोल फर्काएको थियो । 

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ६ : ०८ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा