कडा सुरक्षाका बीच बुढीगंगाको मतदान सम्पन्न | Khabarhub Khabarhub

कडा सुरक्षाका बीच बुढीगंगाको मतदान सम्पन्न

६६.८३ प्रतिशत मत खस्यो


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- बाजुराको बुढीगंगा नगरपालिकामा दोस्रो चरणको मतदान सम्पन्न भएको छ ।

कडा सुरक्षाका बीच भएको दोस्रो मतदानमा ६६ दशमलव ८३ प्रतिशत मत खसेको छ । बिहान ७ बजे देखि सुरु भएको मतदान साँझ ५ सम्म सञ्चालन भएको थियो ।

जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार बुढीगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेकोमा ६६.८३ प्रतिशत मत खसेको हो ।

बुढिगंगा ९ को त्रिशक्ति मतदान केन्द्रमा केही समय विवाद भए पनि प्रहरीले स्थिति नियन्त्रणमा लगेर सामान्य रूपमा मतदान सम्पन्न भएको उनले बताए ।

१० वटा मतदान स्थल र १९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । नगरप्रमुखमा नेपाली काँग्रेसबाट रङ्ग बहादुर खाती र नेकपा एमाले बाट राम बहादुर बानियाँ उम्मेदवार रहेका छन् । काँग्रेसका उम्मेदवार खातीलाई गठबन्धनको समेत समर्थन रहेको छ ।

बुढीगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरी एउटा स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए । मतदान स्थलको सुरक्षा नेतृत्व नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकृतले गरेका थिए ।

वैशाख ३० मै निर्वाचन भएको बुढीगंगा नगरपालिकामा विवादका कारण पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो । वैशाख ३० मा भएको चुनावमा बुढीगंगाका १० वडामध्ये ६ वटामा विवाद भएको थियो । वडा २, ३, ४, ५, ७ र ९ का केन्द्रमा मतदान स्वतन्त्र हुन नसकेको स्थानीयको भनाइ छ । २, ३, ५ र ९ वडाका मतदानस्थल एमालेका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए भने वडा ४ र ७ मा कांग्रेस कार्यकर्ताले नियन्त्रणमा लिएर आफू अनुकूल मतदान गरेका थिए । यी ६ वटै वडाका मतदानस्थलमा झडप, उम्मेदवारमाथि कुटपिट र मतदाता लखेटिएका थिए ।

नगरपालिकाको वडा नम्बर ४ मा बुथ कब्जा गरेर ९९ दशमलव ४१ प्रतिशतसम्म मत खसाइएको थियो । एमालेले कब्जा गरेका भनिएका २, ३, ५ र ९ मा प्रहरी मतपेटिका मतदान केन्द्रमै छाडेर हिँडेका थिए । तर काँग्रेसले कब्जा गरेको भनिएका ७ र ९ मा प्रहरीले संरक्षण गरिरहेको थियो । वैशाख ३० गते भएको चुनावमा भने ७५ दशमलव ५८ प्रतिशत मत खसेको थियो ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ६ : २३ बजे

पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

काठमाडौं–  नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पे पेमेन्टको

तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

ओखलढुङ्गा– मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई ५० हजार

टी-२० सिरिज: अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालले आज त्रिकोणात्मक टी-२० सिरिजमा आयोजक स्कटल्यान्डसँग प्रतिस्पर्धा

खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा

कञ्चनपुर– गाउँ नजिकैको चुरे पर्वतमा सूर्य नउदाउँदै कृष्णपुर नगरपालिका–२ खल्लागोठका

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका