कर्णाली प्रदेशसभाको बैठक स्थगित | Khabarhub Khabarhub

कर्णाली प्रदेशसभाको बैठक स्थगित


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । बैठक आज १ः०० बजेका लागि तोकिएको थियो । प्रदेश सभामुख राजबहादुर शाहीको अध्यक्षतामा आज बसेको सर्वदलीय बैठकमा सत्ता साझेदार दलहरूका नेता र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहमतिको नजिक नपुग्दा बैठक स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए। सचिव बुढाथोकीले आजै सूचना टाँसेर बैठक स्थगित भएको जानकारी दिएका छन्।

“प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दलबीचको सहमतिको मस्यौदा बनेको छ”,उनले भने, “तथापि सहमतिको मस्यौदाले भोलि मात्र पूर्णता पाउने भएकाले बैठक आजका स्थगित गरिएको हो ।” शुक्रबार बिहान ८ः०० बजे पुनः सर्वदलीय बैठक बसेर र त्यसपछि प्रदेशसभा बैठक दिउँसो १ः०० बजे बस्ने गरी तयारी गरिएको सचिव बुढाथोकीले जानकारी दिए।

प्रतिपक्षी एमालेले आगामी आव २०७९/०८० को बजेटको किताब तथ्यपरक ल्याउनुपर्ने, मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यविधि सच्याउनुपर्ने र बजेटमा समेटिएका सुदूरपश्चिमका तीन जिल्ला कर्णालीको बजेटमा हटाउनुपर्ने माग राख्दै प्रदेशसभाको १८औँ बैठकमा अवरोध गरेपछि असार १२ गतेदेखि बैठक चल्न सकेको छैन ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ६ : ४३ बजे

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घेको स्वास्थ्यमा समस्यापछि अस्पताल भर्ना

कोलम्बो – विदेश भ्रमणका लागि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा

बैतडीमा पहिरोले एक घर पुरियो

बैतडी – बैतडीको पुर्चौँडी नगरपालिका-४ चनकिल्लीका हिमालय बोहराको घर पहिरोले

हुङ्गुङ खण्डमा पहिरो जाँदा कोशी राजमार्ग तीन दिनदेखि अवरुद्ध

सङ्खुवासभा – कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको पहिरोका कारण