६० वर्ष भन्दामाथिका नागरिकका लागि आयुर्वेदिक शिविर सञ्चालन « Khabarhub

६० वर्ष भन्दामाथिका नागरिकका लागि आयुर्वेदिक शिविर सञ्चालन


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–३ को खगालगाउँका ६० वर्ष भन्दामाथिका ज्येष्ठ नागरिकलाई खर्कमा अर्कमै पुगेर निःशुल्क आयुर्वेदिक विधिबाट स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

नाम्खा गाउँपालिका–३ को खगालगाउँबाट खर्कमा बस्दै आएका ज्येष्ठ नागरिकका लागि शिविर सञ्चालन गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कविराज कृष्णचन्द्र जोशीले बताए । ज्येष्ठ नागरिकलाई टाढा जान पनि कठिन हुने भएका कारण आयुर्वेदिक विधिबाट स्वास्थ्य शिविर सञ्चालन गरिएको शिविरमा १०९ जना ज्येष्ठ नागरिकलाई उपचार गरिएका आयुर्वेद स्वास्थ्य कार्यालय हुम्लाको स्रोतले जानकारी दिएको छ  ।

आयुर्वेद स्वास्थ्य शिविरमा विशेष गरी बाथ, दम, अम्मलपित्त, छालाको रोग, ज्वरो आउने र दिसा पिसाब सम्बन्धीका बिरामीको उपचार गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त जोशीले बताए ।

नाम्खा गाउँपालिका–३ को खगालगाउँको खर्कमा बस्दै आएका ज्येष्ठ नागरिकका लागि सञ्चालन गरिएको  शिविरमा निःशुल्क वितरण गरिएका औषधिमा अश्वगन्धा चूर्ण, आमलकी चूर्ण, च्यवनप्रास अवलेह, मायोष्टाइल जेल, कैशोर गुग्गुलु, चन्द्रप्रभा वटी, शिलाजित, ज्येष्ठवासादी चूर्ण, कासारिन, माधुरी सिरप, मृगमदासव, सितोपलादि चूर्ण, ईम्युनोकेयरमहासुदर्शन चूर्ण रहेका छन् ।

 हुम्लामा पछिल्लो समय जिल्लामा आयुर्वेदिक उपचार विधिमा बिरामीको आकर्षण बढिरहेका बेला केन्द्रको आयोजनामा सञ्चालन गरिएको निःशुल्क आयुर्वेदिक विधिबाट स्वास्थ्य शिविर  गाउँका ज्येष्ठ नागरिकलाई खर्कमै पुगेर उपचार गरिएको हो ।

 

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ६ : ३५ बजे

पिएम कपमा विनोद भण्डारीको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले

पूर्वप्रधानमन्त्री ओलीको आज शल्यक्रिया हुँदै

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको

सलहेश फूलबारी मेलामा भक्तजनको चहलपहल

सिरहा– नयाँ वर्षको अवसर पारेर प्रत्येक वर्ष वैशाख १ गते

पिएम कपमा आशिफ शेखको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका आशिफ शेखले

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

चितवन– भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि कुरिलो