सङ्घीयता कार्यान्वयनमा सातै प्रदेशलाई एकजुट हुन मुख्यमन्त्री राउतको आग्रह « Khabarhub

सङ्घीयता कार्यान्वयनमा सातै प्रदेशलाई एकजुट हुन मुख्यमन्त्री राउतको आग्रह


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयता र संविधान कार्यान्वयनका लागि सात वटै प्रदेशलाई एकजुट हुन आग्रह गरेका छन् ।

जनकपुरधाममा आयोजित गृहमन्त्री (आन्तरिक मामिला) स्तरीय अन्तर प्रदेश भेलामा उनले संविधानप्रदत्त अधिकारहरूको कार्यान्वयनमा सङ्घीय सरकारले आनाकानी गरिरहेको आरोप लगाए। उनले भने, “हामी सबै एकजुट भयौँ भने शान्ति सुरक्षालगायतका अधिकारहरू छिट्टै प्राप्त गर्न सक्छौँ ।”

आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहको अध्यक्षतामा भएको उद्घाटन सत्रमा मधेस प्रदेशका सभामुख सरोजकुमार यादव, प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की, बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनाल, गण्डकी प्रदेशकाका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्मा, लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलक शर्मा, सुदूर पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री डा रणबहादुर रावल, मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, उद्योग वातावरण तथा वनमन्त्री सत्रुधन महतोसहितले शुभकामना मन्तव्य राखेका थिए।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ७ : १९ बजे

प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ

वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि

सीमा क्षेत्रको त्यो मार्मिक दृश्य : बाढीले छोपिसक्दा पनि अरूलाई बचाउन भगाइरहेका थिए चिनियाँ प्रहरी ह्वाङ पेङ

काठमाडौं- उत्तरी छिमेकी चीनसँग नेपाललाई जोड्ने प्रमुख हिमाली नाका रसुवागढीले

ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो

खोटाङ– धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर

भोटेकोशी बाढी : मधेसका १५ जना परिवारको सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १२७