तीज गीतमा सृष्टी  « Khabarhub

तीज गीतमा सृष्टी 


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आउँदो तीजलाई लक्षित गर्दै भदौ १० मा प्रदर्शन तय गरिएको फिल्म ‘दि सिक्रेट अफ राधा’ को लागि एक तीज गीतको छायांकन गरिएको छ । बुधबार पशुपति मन्दिर परिसरमा फिल्मको राधा पियारी बोलको गीत खिचिएको हो ।

गीतमा फिल्मकी शीर्ष गर्ल सृष्टी श्रेष्ठ फिचर्ड छिन् । साथै, यसमा प्रियंका कार्कीलाई पनि देख्न सकिने छ । कालीप्रसाद बाँस्कोटाले संगीत गरेको तीज भाकाको गीतमा कविराज गहतराजले कोरियोग्राफी र सञ्जय लामाले छांयाकनको रहेको छ । पहिलो पटक तीज गीतमा नृत्य गर्दा रमाइलो अनुभव सँगालेको अभिनेत्री सृष्टीले बताइन् ।

एकल आमाको कथा भन्ने ‘द सिक्रेट अफ राधा’लाई अभिनेता सौगात मल्लसँग मिलेर निर्देशक सुवर्ण थापाले निर्माण गरेका हुन् । फिल्ममा सृष्टिकासँगै सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, राजन खतिवडा, लोकेन्द्र लेखक, दयाहाङ राई, निश्चल बस्नेत, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । रंगकर्मी सुनिल पोखरेल पनि अतिथि भूमिकामा देखिने छन् ।

फोटो : विकाश फोटोग्राफी

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ७ : ४० बजे

दसैँका लागि नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– नेपालीहरुको ठूलो चाडपर्व नजिकिदै जाँदा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा

जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

टोकियो- जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको

सुशासनका सवालमा सरकार असफल देखियो : खुस्बु ओली

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुशासनका सवालमा

सभामुखले भने- आईपीयू बैठकमा बाढीपहिरो र जलवायु असरबारे आवाज उठाउँछु

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले अन्तर–संसदीय संघ(आइपीयु)को बैठकमार्फत जलवायु परिवर्तनले