ओखलढुंगामा पाखा बारीको डिलबाट लडेर एक पुरुषको मृत्यु « Khabarhub

ओखलढुंगामा पाखा बारीको डिलबाट लडेर एक पुरुषको मृत्यु


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ओखलढुंगामा पाखा बारीको डिलबाट लडेर एक पुरुषको मृत्यु भएको छ । लडेर ज्यान गुमाउनेमा जिल्लाको मोलुङ गाउँपालिका–८ सेरबानी निवासी ५१ वर्षीय युवराज राई रहेका छन् ।

बिहीबार बिहान आफ्नै पाखा पारीको गोठमा उनी गाईबस्तुलाई घाँस दिन गएका थिए । सोही क्रममा लडेर उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक केशब अधिकारीले बताए ।

प्रहरीका अनुसार मृतक राई बारीको डिलबाट झन्डै ५० मिटर तल खसेका थिए ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ९ : ३६ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल