बागमती प्रदेशसभाको बैठक असार २९ गते बस्ने « Khabarhub

बागमती प्रदेशसभाको बैठक असार २९ गते बस्ने


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेशसभाको आगामी बैठक यही असार २९ गते बस्ने भएको छ ।

बजेट अधिवेशनका रूपमा रहेको दशौँ अधिवेशनको अन्तिम बैठक चालु आर्थिक वर्ष २०७९/०८० को पनि अन्तिम बैठक हुनेछ । प्रदेशसभा सचिवालयका अनुसार चालु दशौँ अधिवेशनको २५औँ बैठक आगामी असार २९ गते दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रदेशसभाको दशौँ अधिवेशनको २४औँ बैठक यही असार १६ गते बसेर प्रदेश सरकारले प्रस्तुत गरेको बजेट पारित गरेको थियो । गत जेठ १३ गतदेखि सुरु भएको दशौँ अधिवेशनअन्तर्गत असार १ गते प्रदेश सरकारले आव २०७९/०८० का लागि बजेट प्रस्तुत गरेको थियो ।

सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकमाथिको छलफल असार १३ र १४ गते सकेको प्रदेशसभाले असार १६ गते विनियोजन विधेयक पारित गरेको थियो ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  १० : ५८ बजे

मनहरामा सुकुम्बासी मोर्चाको कोणसभा, भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रहको चेतावनी

भक्तपुर– भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्बासी बस्तीका प्रभावित

म्यान्मामा नदीको बाँध फुट्दा ४० हजार प्रभावित

एजेन्सी– जुलाई –३० देखि अगस्ट –७ सम्मको मनसुनी वर्षाका कारण

बिदाको दिन प्रशासन खुलेपछि राष्ट्रिय परिचयपत्र बनाउन सहज

दमौली– सरकारी कार्यालयमा सामान्यतया सार्वजनिक बिदाका दिन सेवा प्रवाह हुँदैन

हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मन्त्रालय तथा सैन्य स्रोतका अनुसार रणनीतिक यमनी प्रान्तमा हुथी

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

भद्रपुर– पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार घाटा