प्रदेशसभामा आज चार वटा मन्त्रालयको विनियोजित बजेटमाथि छलफल « Khabarhub

प्रदेशसभामा आज चार वटा मन्त्रालयको विनियोजित बजेटमाथि छलफल


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशसभाको बैठकमा आज प्रदेश सरकारको चार वटा मन्त्रालयका लागि विनियोजित बजेटमाथि दफावार छलफल भएको छ ।

आजको बैठकमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय, गृह तथा सञ्चार मन्त्रालय र अर्थ मन्त्रालयका लागि विनियोजित बजेटमाथि प्रदेशसभा सदस्यहरुले आआफ्ना धारणा राखे ।

बैठकमा प्रदेशसभा सदस्यहरू परमेश्वर साह, किशोरी साह कमल, शिवचन्द्र चौधरी, उपेन्द्र महतो, रानी शर्मा तिवारी, प्रमिलादेवी दास, अभिराम शर्मा, डा रिना यादव, जैनुल राई लगायतले कतिपय मन्त्रालयको बजेट कार्यक्षेत्र मिचेर विनियोजन गरिएको र बजेट विनियोजनमा भेदभाव भएको भन्दै बजेटलाई संशोधन गरी मात्र पारित गर्नुपर्नेमा जोड दिए ।

भोलि असार २४ गते शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय, उद्योग पर्यटन तथा वन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि विनियोजित बजेटमाथि दफावार छलफल हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

मन्त्रालय बजेटको छलफल सकिएपछि असार २५ गते आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट पारित हुने बताइएको छ ।

प्रदेश सरकारका अर्थमन्त्री साहले गत असार १ गते प्रदेशसभा बैठकमा आगामी आव २०७९÷०८० का लागि रु ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ११ : ३७ बजे

खाद्य गुणस्तरका लागि नियमित बजार अनुगमन गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीत चौधरीले खाद्य गुणस्तर

सुकुम्वासी परिवारको डिजिटल लगत बनाउँदै सरकार, बैंकमा सहायता रकम हाल्दिने तयारी

काठमाडौं । सरकारले उपत्यकाका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको एकीकृत

बाढीपहिरोका कारण अवरुद्ध पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिदको बाटो खुल्यो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि

नेपाल बारले भन्यो : अध्यादेशमा न्यायपालिकालाई कार्यपालिकाको छायामा मनसाय देखियो

काठमाडौं- नेपाल बार एसोसिएसनले आफ्ना सल्लाहकारसँगको छलफलपछि न्यायपालिकालाई कार्यपालिकाको छायामा