प्रचण्ड र माधव नेपाललाई ल्याएर वाम एकताको सम्भावना छैन : महासचिव पोखरेल « Khabarhub

प्रचण्ड र माधव नेपाललाई ल्याएर वाम एकताको सम्भावना छैन : महासचिव पोखरेल


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- एमाले महासचिव शंकर पोखरेलले अहिले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई ल्याएर वाम एकता गर्ने सम्भावना नरहेको बताएका छन् । प्रचण्ड र माधव नेपालले सबैभन्दा बढी एमालेविरुद्ध मोर्चाबन्दी गरेकाले उनीहरूलाई ल्याएर एमाले बलियो हुन नसक्ने पोखरेलको भनाइ छ ।

एमाले जिल्ला कमिटी रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई उनले माओवादी केन्द्र र एकीकृत समाजवादी विचार, गन्तव्य, लक्ष्यमा द्विविधा रहेको पार्टी भएको बताए । ‘माओवादी केन्द्र र एकीकृत समाजवादीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सहारामा हिँड्नुपर्ने बाध्यता छ,’ उनले भने । एमालेको मुख्य प्रतिस्पर्धा कांग्रेससँग नै रहेको उनले बताए । अब एमालेले पार्टी प्रवेश र ‘घर फर्क अभियान’ थाल्नुपर्ने उनको भनाइ छ ।

नेता पोखरेलले संक्रमणलाई लम्ब्याउने काम भइरहेको र त्यसको नेतृत्व पाँचदलीय गठबन्धनले गरेको आरोप पनि लगाए । लुम्बिनी प्रदेशका पहिलो मुख्यमन्त्रीसमेत रहेका पोखरेलले एमाले नेतृत्वको सरकार इतिहासकै सफल सरकार भएको बताए । उनले एमाले नेतृत्वको सरकारले गरेका राम्रा काम जनताका माझ लैजानुपर्नेमा जोड दिए ।

‘प्रतिनिधिसभा विघटन गलत थिएन, जनतामा जानु गलत कुरा हो ? आफ्नो नेतृत्वमा बनेको सरकार कसले संकटमा पार्न खोज्छ ?, उनले प्रश्न गरे ।

पार्टीविरुद्धको घेराबन्दी एमाले नेतृत्वले गरेको राम्रा कामको परिणाम भएको उनको दाबी थियो । जनतामाझ एमाले लोकप्रिय भएकाले पाँचदलीय गठबन्धनले गठबन्धन गरेको उनले जिकिर गरे । ‘गठबन्धन सरकारको गलत कामको भण्डाफोर गर्नुपर्छ,’ उनले भने ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  १ : ५६ बजे

केनको दुई गोलमा इंग्ल्यान्ड अन्तिम १६ मा : कंगोमाथि विश्वकपबाट बाहिरियो

काठमाडौँ – कप्तान ह्यारी केन नायक बनेपछि डीआर कंगोमाथि रोमाञ्चक

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार १८ गते बिहीबार सन् २०२६

आज २०८३ साल असार १८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १८ गते बिहीबार सन् २०२६

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने