चीनबाट साढे ६८ अर्बभन्दा बढीको वस्तु नेपाल भित्रियो « Khabarhub

चीनबाट साढे ६८ अर्बभन्दा बढीको वस्तु नेपाल भित्रियो


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनसँग नेपालको प्रमुख व्यापारिक नाका हुन्– रसुवागढी र तातोपानी । यी दुई नाकाबाट नेपाली वस्तु चीनतर्फ नगएको २८ महिना भएको छ । यो अवधिमा चीनबाट भने निर्बाध रूपमा नेपालमा वस्तुहरू आइरहेको छ ।

‘सुरुमा कोरोना भाइरसको महामारीलाई कारण देखाउँदै तातोपानी र रसुवागढी नाका हुँदै नेपाली वस्तु चीन पठाउन रोक लगाइएको हो । त्यसपछि यी दुई नाकाबाट नेपाली वस्तु चीन तर्फ गएको छैन,’ भन्सार विभागका निर्देशक पुण्य विक्रम खड्काले न्युज कारखानासँग भने ।

रसुवागढी र तातोपानी नाका एकतर्फ सञ्चालन भइरहेको निकै लामो समय भयो । २०७६ चैत ११ गते कोरोना नियन्त्रण गर्ने भन्दै नेपाल सरकारले लकडाउन गरेयता यी दुई नाकाबाट नेपालले सामान पठाउन सकेको छैन ।

भन्सार विभागको तथ्याङ्कअनुसार पछिल्लो २८ महिनामा (२०७६ चैतदेखि २०७९ असार मसान्तसम्म) तातोपानी र रसुवागढी नाकाबाट ६८ अर्ब २२ करोड ५४ लाख ८ हजार रुपैयाँको वस्तु चीनबाट नेपाल आएको छ । सो अवधिमा नेपालबाट ती नाका हुँदै एक रुपैयाँको वस्तु पनि चीन तर्फ गएको छैन ।

लामो समयदेखि रसुवागढी र तातोपानी नाकाबाट चीनले आफ्नो भूमिमा नेपाली वस्तु भित्रन दिएको छैन । कारण उसले कोरोना महामारी देखाउँदै आएको छ । तर चीनबाट नेपाल भित्रने वस्तुमा भने कुनै रोकटोक गरेको छैन । चीनको यो रवैयाले गर्दा नेपाली व्यवसायी मर्कामा पर्दै आएका छन् । उनीहरू अन्य बाटो प्रयोग गरी वस्तुहरू चीन पठाउन बाध्य भएका छन् ।

‘रसुवागढी र तातोपानी नाका खुला गर्नुपर्‍यो भनेर नेपाली व्यावसायीहरुले पटक पटक भाग गरेका छन्, तर खुलाउन सकिएको छैन,’ निर्देशक खड्काले भने, ‘व्यावसायीहरुले अन्य बाटो प्रयोग गरेर वस्तुहरू चीन पठाउँदै आएका छन् ।’

गत आर्थिक वर्ष वर्ष २०७८/७९ मा मात्र रसुवागढी र तातोपानी नाकाबाट ४० अर्ब ६५ करोड २६ लाख ६० हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ । रसुवागढीबाट २६ अर्ब ६२ करोड ८९ लाख ४० हजार रुपैयाँ र तातोपानीबाट १४ अर्ब २ करोड ३७ लाख २० हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको देखिन्छ ।

आर्थिक वर्ष २०७७/७८ मा रसुवागढीबाट १७ अर्ब १ करोड ४८ लाख ४९ हजार रुपैयाँ र तातोपानीबाट ५ अर्ब ८४ करोड ९१ लाख ८६ हजार रुपैयाँ गरी २२ अर्ब ८६ करोड ४० लाख ३५ हजार रुपैयाँको वस्तु नेपाल आएको थियो ।

आर्थिक वर्ष २०७६/७७ को चैत, वैशाख, जेठ र असार महिनामा रसुवागढीबाट ७ करोड ७८ लाख २१ हजार रुपैयाँ र तातोपानीबाट ४ अर्ब ६३ करोड ८ लाख ९२ हजार रुपैयाँ गरी ४ अर्ब ७० करोड ८७ लाख १३ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ३ : २७ बजे

जिब्रोको स्वादभन्दा शरीरलाई स्वस्थ बनाउने खानामा ध्यान दिन आग्रह

काठमाडौं– आहारविद् तथा योग प्रशिक्षक डा राजु अधिकारीले जिब्रोको स्वादभन्दा शरीरलाई

रक्षा मन्त्रालय मातहतका विकास आयोजना तथा कार्यक्रमको प्रगति समीक्षा

काठमाडौं– रक्षा मन्त्रालयअन्तर्गतका निकायबाट चालु आर्थिक वर्ष २०८२-८३ मा सञ्चालित

अख्तियार बर्दिवास कार्यालयमा धनुषाका उजुरी धेरै

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा धनुषा जिल्लाका भ्रष्टाचारसम्बन्धी

कृषाको ‘पारस’मा निखिल र जसितापछि प्रियंकाको इन्ट्री

काठमाडौं – कृषा चौलागाईको निर्देशनमा बन्न लागेको फिल्म ‘पारस’मा नायिका

अमेरिकालाई जापानको साढे पाँच खर्ब डलर प्रतिबद्धता

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको चुनावी विजयपछि जापानका प्रधानमन्त्री