रुपन्देहीमा लक्ष्यभन्दा १७ हजार बढीले लगाए कोभिडविरुद्धको खोप « Khabarhub

रुपन्देहीमा लक्ष्यभन्दा १७ हजार बढीले लगाए कोभिडविरुद्धको खोप


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- रुपन्देहीमा लक्षित वर्गभन्दा बढीले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । जिल्लाका १० लाख ८७ हजार ४६४ मध्ये १२ वर्ष माथिका खोप लगाउन योग्य आठ लाख ३५ हजार ७९० जना थिए ।

लक्षित समूहभन्दा बढी १०२ प्रतिशत नागरिकले कोभिड–१९ विरुद्धको पूर्ण खोप लिएसँगै जिल्ला पूर्ण खोप सुनिश्चित घोषणाको पक्रियामा छ । १२ वर्षमाथिका लक्षित सबै नागरिकले कोभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाएकापछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न लागेको हो ।

कोभिड १९ विरुद्धको पहिलो र दोस्रो मात्रा १०२ प्रतिशतले लगाएका कारण जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न लागेको खोप सञ्चालन तथा व्यवस्थापनसम्बन्धी जिल्ला खोप समन्वय समितिले जनाएको छ ।

सरकारले तोकेका सबै प्रक्रिया पूरा गरेर जिल्ला कोभिड १९ विरुद्धको पूर्ण खोपयुक्त जिल्ला भएको स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्मा रिजालले बताए । रुपन्देहीका १६ वटै पालिकाले १२ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोनाविरूद्धको खोपको पूर्ण मात्रा पूरा गरी कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिसकेपछि जिल्ला पूर्ण खोप सुनिश्चित भएको हो ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुगमन, निरीक्षण तथा भेरिफिकेसन हुन्छ, टोलीले  प्रमाणित गर्ने प्रक्रिया पूरा भएपछि औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता घोषणा हुन्छ । रुपन्देहीको जनसंख्यामध्ये १०२ प्रतिशत अर्थात् ८ लाख ५६ हजार ४७७ जनाले पहिलो मात्रा र ८ लाख ५३ हजार ७८ जनाले दोस्रो मात्राको खोप लगाएको खोप अधिकृत शर्माले बताए । लक्ष्यभन्दा १७ हजार दुई सय ८८ जना बढीले खोप लिएका छन् भने बुस्टर खोप पनि तीन लाख १५ हजार २६७ जनाले लगाएका छन् ।

१६ पालिकामध्ये सबै भन्दा बढी तिलोत्तमा नगरपालिकाका एक लाख २० हजार एक सय ६६ जनाले पूर्ण खोप पाएका छन् । सबैभन्दा कम लुम्बिनी सांस्कृतिक नगरपालिकामा ७० प्रतिशत अर्थात् ४७ हजार ५७५ ले पूर्ण खोप लगाएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ३ : ५५ बजे

समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध (तस्बिरहरू)

काठमाडौं– महिला अधिकारका लागि दबाब अभियानले संविधान प्रदत्त समानुपातिक समावेशी

भोजपुरका किसान सुन्तला खेतीमा व्यस्त (तस्बिरहरू)

काठमाडौं– आम्दानीको भरपर्दो स्रोत बन्दै गएपछि भोजपुरका किसानहरू यतिबेला सुन्तला

तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ दुई लाख ९९ हजार आठ सय

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट

टोटी खोलामा पक्की पुल निर्माण थालियो

कञ्चनपुर–  शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा रु तीन