तालिबानको शासनमा महिला र बालिकाको जीवन कष्टकर : एम्नेस्टी इन्टरनेशनल « Khabarhub

तालिबानको शासनमा महिला र बालिकाको जीवन कष्टकर : एम्नेस्टी इन्टरनेशनल


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानको तालिबान शासनमा महिला एवम् बालिकाको जीवन कष्टकर बन्दै जान थालेको मानव अधिकारवादी संस्थाले जनाएको छ ।

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले तालिबानको शासनमा मुलुकमा मानव अधिकारको अवस्था दिन प्रतिदिन खराब बन्दै गएको बताउँदै यसले मुख्यगरी महिला एवम् बालिकाको जीवन दयनीय बनेको जनाएको छ ।

यसबाहेक महिला अधिकारबारे आवाज उठाउने अधिकारवादीहरुलाई पनि धम्की, पक्राउ, यातना र जबरजस्ती बेपत्ता पारिएको एम्नेस्टी इन्टरनेशनलले जनाएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार एम्नेस्टी इन्टरनेशनलले तालिबानलाई आफ्नो महत्वपूर्ण नीतिहरु पुनर्विचार गरी महिला एवम् बालिकाहरुको अधिकार स्थापित गर्न समेत माग गरेको छ ।

‘अफगानिस्तान कब्जा गरेको एक वर्ष नबित्दै तालिबानको कठोर नीतिहरुले दशौँ लाख अफगान महिला एवम् बालिकाहरुको सुरक्षित एवम् स्वतन्त्रतापूर्वक बाँच्ने अधिकार उल्लङ्घन भएको छ ।’ एम्नेस्टी इन्टरनेशनलकी महासचिव एग्नेश कलामार्डले भनिन् ।

उनले तालिबानको शासन आएदेखि अफगानिस्तानमा महिलाविरुद्ध हिंसात्मक घटना पनि बढेको बताइन् ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  १ : ५९ बजे

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता

जनताले परिवर्तन चाहेपछि कुनै शक्तिले रोक्न सक्दैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले परिवर्तन चाहेको

सांसदहरूलाई रविले भने : प्रशस्त पानी पिउनुस्, पिसाब रोक्दै नरोक्नुस्  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पिसाबको इन्फेक्सनबाट आफू

एकपछि अर्को नेता मारिएपछि कसले सम्हाल्लान् इरानको नेतृत्व ? यी ५ नाम चर्चामा

तेहरान– अमेरिकी–इजरायली आक्रमणपछि इरानका शीर्ष नेतृत्वमा ठूलो क्षति पुगेको दाबीसँगै

राई–लिम्बु समुदायलाई संसद्मा पुर्‍याउन सकिनँ, माफी चहान्छु : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राई–लिम्बु समुदायको प्रतिनिधित्व