छोराले चलाएको मोटरसाइकलबाट खसेर आमाको मृत्यु « Khabarhub

छोराले चलाएको मोटरसाइकलबाट खसेर आमाको मृत्यु


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– आइतबार झापामा छोराले चलाएको मोटरसाइकलबाट खसेर आमाको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिकाको नारायण चोक र बुद्धशान्ति गाउँपालिकाको जयपुर चोक जोड्ने सडकखण्डमा आइतबार साँझ भएको दुर्घटनामा अर्जुनधारा नारायण चोककी ६२ वर्षीया लक्ष्मीमाया कार्कीले ज्यान गुमाएकी हुन् ।

छोरा सुमन कार्कीले चलाएको मोटरसाइकल पछाडि बसेकी उनको खेर मृत्यु भएको प्रहरीले जनाएको छ । सुमनले सडकमा भएको खाल्डोबाट मोटरसाइकल जोगाउन खोज्दा पछाडि बसेकी आमा लक्ष्मीमाया खसेकी थिइन् ।

उनको टाउकोमा गम्भीर चोट लागेको र उपचारका लागि बिर्तामोड ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सुमन पनि अचेत रहेको र उनको बिएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  १० : ०१ बजे

अस्ट्रेलियन ओपन इलिट ट्रफी खेल्न शिभाली गुरुङलाई बिदाइ

काठमाडौं– अस्ट्रेलियन ओपन अन्तर्गतको इलिट ट्रफी खेल्न जान लागेकी टेनिस

विशेष महाधिवेशन रोक्न देउवाकहाँ २५ नेता, भने : हस्तक्षेप गरेर पार्टी विभाजन रोक्नुस्

काठमाडौं- विशेष महाधिवेशनलाई लिएर नेपाली कांग्रेसभित्र विवाद तीव्र बनिरहेका बेला

म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद

बेनी– यहाँ ठूलो सङ्ख्यामा अवैध हातहतियार बरामद गरिएको छ ।

विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु

गुल्मी– गुल्मीको मालिका गाउँपालिकामा आज बिहान भएको बस दुर्घटनामा दुई

दबाब बढाउँदै कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरू

काठमाडौं- नेपाली कांग्रेसको आन्तरिक संकट थप गहिरिँदा विशेष महाधिवेशन पक्षधर