रोहिंग्या शरणार्थीलाई पुनः स्थापना गर्न चीनसँग बङ्गलादेशको आग्रह « Khabarhub

रोहिंग्या शरणार्थीलाई पुनः स्थापना गर्न चीनसँग बङ्गलादेशको आग्रह


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- चीनका विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा रोहिंग्या शरणार्थीलाई म्यानमारमा पुनः स्थापना गर्न चीनबाट सहयोगका लागि आइतबार बङ्गलादेशले आग्रह गरेको छ ।

भ्रमणका क्रममा दक्षिण एसियाली राष्ट्र बङ्गलादेशको पूर्वाधार विकासका लागि उत्तम व्यापार सम्बन्ध, लगानी र सहयोगको प्रतिवद्धता चिनियाँ विदेश मन्त्रीले गरेका छन् ।

चीनले सन् २०१९ को अगस्तमा म्यानमारमा सैनिक दमनका कारण भागेका करिब सात लाख रोहिंग्या मुस्लिम शरणार्थीहरूलाई पुन: स्थापना गर्न नोभेम्बर २०१७ को सम्झौता गर्न म्यानमारमा आफ्नो प्रभावको प्रयोग गरेको थियो ।

तिनीहरूलाई फिर्ता पठाउने प्रयास गरे तापनि शरणार्थीहरूले म्यानमारमा आफ्नो असुरक्षा हुनसक्ने भन्दै सम्झौता कार्यान्वयन गर्दा आफुहरूको सुरक्षाको ग्यारेन्टीका लागि अन्तरराष्ट्रिय समुदायसँग माग गर्दै आएको छ ।

सम्झौता कार्यान्वयनमा म्यानमारको प्रशासन इमान्दार नभएको बताउँदै आएका रोहिंग्याहरू गत वर्ष निर्वाचित सरकारलाई अपदस्थ गरी सैन्य सरकार गठन भएपछि थप सशङ्कित बनेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यी शनिबार साँझ ढाका पुगेका थियो । ढाकामा रहाँदा उहाँले प्रधानमन्त्री शेख हसिना र विदेशमन्त्री एकेअब्दुल मोमेनलगायतका उच्च पदस्थ अधिकारीसँग भेट गरेका छन्

आइतबार बिहान उनी स्वदेश प्रस्थान गर्नुअघि भएको संयुक्त पत्रकार सम्मेलनमा यीको भ्रमणमा द्विपक्षीय र विश्वव्यापी विषयमा छलफल भएको बङ्गलादेशका परराष्ट्र मन्त्री शाहरयर आलमले बताए ।

 

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  १० : १४ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि

आशिकाको माग- दसैँमा पशुमाथि हुने क्रूरता रोकौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् आशिका तामाङले दसैँमा पशुमाथि

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ