गाजामा सैन्य कारबाही जारी राख्ने इजरायलको घोषणा « Khabarhub

गाजामा सैन्य कारबाही जारी राख्ने इजरायलको घोषणा


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इजरायलका प्रधानमन्त्री यायर ल्यापिडले आवश्यकताअनुसार गाजामा सैन्य कारबाही जारी रहने बताएका छन् । इजरायल प्यालेष्टाइनबीच गाजामा जारी भीषण लडाइँ तेस्रो दिनमा प्रवेश गरेको सन्दर्भमा प्रधानमन्त्रीको उक्त भनाइ सार्वजनिक भएको हो ।

रक्षामन्त्री बेनी गान्टज् सँगको संयुक्त वक्तव्यमा उनले प्यालेस्टिनी इस्लामिक लडाकासँग सम्बन्धित निशाना र इजरायलमाथि रकेट आक्रमण गर्ने टोलीलाई विफल तुल्याउन सैन्य कारबाही थालिएको जानकारी दिँदै आवश्यकतानुसार त्यहाँ इजरायली सेनाले कारबाही जारी राख्ने बताए ।

शान्ति पुनःस्थापना तथा गाजा क्षेत्रमा बसोबास गर्नेहरूलाई जोखिममुक्त नबानाएसम्म जेहादीविरुद्धको कारबाही जारी रहने रक्षामन्त्रीले बताए।

यसैबीच, गाजा क्षेत्रका प्यालेस्टिनी अधिकारीहरूले शुक्रबारदेखि भएको हवाई आक्रमणमा ३१ जनाको मृत्यु भएको बताएका छन् । शुक्रबार दिउँसो इजरायली वायुसेनाले गरेको कारबाहीमा प्यालेस्टिनी इस्लामिक जिहादका एकजना वरिष्ठ कमाण्डरको मृत्यु भएपछि गाजामा युद्ध चर्केको हो ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  १० : ४८ बजे

प्रधानमन्त्रीको सचिवालयमा ३ जना मन्त्री र २ राज्यमन्त्री सरह सहित यस्तो छ २५ सदस्यीय सचिवालय

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक विवरण अनुसार प्रधानमन्त्रीको सचिवालय,

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको