गाजामा सैन्य कारबाही जारी राख्ने इजरायलको घोषणा « Khabarhub

गाजामा सैन्य कारबाही जारी राख्ने इजरायलको घोषणा


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इजरायलका प्रधानमन्त्री यायर ल्यापिडले आवश्यकताअनुसार गाजामा सैन्य कारबाही जारी रहने बताएका छन् । इजरायल प्यालेष्टाइनबीच गाजामा जारी भीषण लडाइँ तेस्रो दिनमा प्रवेश गरेको सन्दर्भमा प्रधानमन्त्रीको उक्त भनाइ सार्वजनिक भएको हो ।

रक्षामन्त्री बेनी गान्टज् सँगको संयुक्त वक्तव्यमा उनले प्यालेस्टिनी इस्लामिक लडाकासँग सम्बन्धित निशाना र इजरायलमाथि रकेट आक्रमण गर्ने टोलीलाई विफल तुल्याउन सैन्य कारबाही थालिएको जानकारी दिँदै आवश्यकतानुसार त्यहाँ इजरायली सेनाले कारबाही जारी राख्ने बताए ।

शान्ति पुनःस्थापना तथा गाजा क्षेत्रमा बसोबास गर्नेहरूलाई जोखिममुक्त नबानाएसम्म जेहादीविरुद्धको कारबाही जारी रहने रक्षामन्त्रीले बताए।

यसैबीच, गाजा क्षेत्रका प्यालेस्टिनी अधिकारीहरूले शुक्रबारदेखि भएको हवाई आक्रमणमा ३१ जनाको मृत्यु भएको बताएका छन् । शुक्रबार दिउँसो इजरायली वायुसेनाले गरेको कारबाहीमा प्यालेस्टिनी इस्लामिक जिहादका एकजना वरिष्ठ कमाण्डरको मृत्यु भएपछि गाजामा युद्ध चर्केको हो ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  १० : ४८ बजे

समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध (तस्बिरहरू)

काठमाडौं– महिला अधिकारका लागि दबाब अभियानले संविधान प्रदत्त समानुपातिक समावेशी

भोजपुरका किसान सुन्तला खेतीमा व्यस्त (तस्बिरहरू)

काठमाडौं– आम्दानीको भरपर्दो स्रोत बन्दै गएपछि भोजपुरका किसानहरू यतिबेला सुन्तला

तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ दुई लाख ९९ हजार आठ सय

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट

टोटी खोलामा पक्की पुल निर्माण थालियो

कञ्चनपुर–  शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा रु तीन