'नेपालमा अभिभावकीय संस्थाका रुपमा राजतन्त्र नै चाहिन्छ' | Khabarhub Khabarhub

‘नेपालमा अभिभावकीय संस्थाका रुपमा राजतन्त्र नै चाहिन्छ’

‘प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका नाममा लुटतन्त्र चलाइयो’


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

संसदीय निर्वाचन नजिकिएसँगै दलहरू चुनावी तयारीमा जुटेका छन्। नेताहरू त्यसका लागि दौडधुपमा पनि छन्। तर, राजावादी पार्टी भनिने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएका छन्। चुनाव घोषणापछि संसद् सञ्चालन भइरहदा असन्तुष्टि जनाएका उनले नैतिकतामा आधारमा सांसद पदबाट राजीनामा दिएको बताएका छन्। उनको राजीनामाले चर्चा ल्याइरहदा आगामी चुनावमा राप्रपा कसरी अगाडि बढ्दैछ ? भन्ने अर्को प्रश्न पनि उब्जिएको छ। सांसद पदबाट राजीनामा र चुनावी एजेन्डाका विषयमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग खबरहबका लागि धीरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंशः

तपाईंले अब संसद् छाड्ने कि बस्ने ?
यो कार्यकालमा फर्किने गरी संसद् छोडेको होइन। तर, त्योबाट सरकारलाई सत्तारुढ पार्टीलाई दबाब महसुस भएको छ। मैले यो कार्यकालको लागि आइतबार पेस गरेको सम्बोधन अन्तिम थियो।

तपाईंले अन्य राप्रपाका नेताहरू पनि संसद् प्रवेश गर्दै छन् भन्ने सङ्केत गर्नु भएको थियो। त्यसका आधारहरू के के छन् र आगामी चुनावको तयारी कस्तो छ ?
राष्ट्रिय प्रजातन्त्र पार्टी आउने निर्वाचनमा बलियो पार्टीका रूपमा स्थापित हुनेछ। हामीले गरेका विकास कार्यले पनि त्यो निर्धारण गर्नेछन्। विगत दुई दशकदेखि जनतालाई बन्धक बनाएका र ती राजनीतिक दल र त्यसका सीमित नेताको यो चक्रव्युहबाट मुक्त गराउने उद्देश्य हाम्रो छ। हामी त्यहि ढंगले उमेद्वारहरु बनाउने र जनताको माझमा जाने काम गरेका छौँ।

कमल थापाले पार्टी छाडिसकेपछि राजतन्त्र, हिन्दु राज्यको एजेन्डा बोकेर तपाईं चुनावमा जाँदै हुनुहुन्छ, एजेन्डा के छन् ? तपाईंहरुलाई
जनताले मतदान किन गर्नुपर्ने ?

राष्ट्रिय प्रजातन्त्र पार्टी एउटा पार्टी मात्र होइन। अरू पार्टीमा पनि मान्छे आउने जानेक्रम चलिरहेको छ। कोही मान्छे जाँदा त्यसलाई व्याख्या गर्नु हुँदैन। हामीले पहिलाको एजेन्डा मात्र नभई अरू पनि नयाँ एजेन्डा अगाडि सारेका छौं। अभिभावकको रूपमा राजसंस्था रहने तर जनताबाट सोझै निर्वाचन कार्यकारी प्रधानमन्त्री हुनु पर्दछ। पूर्ण समानुपातिक सांसद हुनु पर्दछ। प्रदेश खारेज गरेर दुई तहको मात्र सरकार हुनु पर्दछ भनेर नयाँ कुराहरू अगाडि सारेका छौँ। शिक्षा स्वास्थ्य पूर्ण रूपमा निःशुल्क हुनु पर्दछ। युवाले देशमा नै बसेर परिवार पाल्न सक्ने रोजगारीको अवसर दिलाउनु पर्दछ। रोजगारी जनताको अधिकारको रूपमा स्थापित हुनुपर्दछ।

वर्षौसम्म आम जनतालाई दास जस्तो बनाएर राखेको राजतन्त्रलाई वकालत गरेको राप्रपालाई मत किन दिने भनेर मान्छेले एक पटक सोच्छन् होला नि ?
जनताले सोच्छन् हिजो भएको राप्रपालाई हामीले कति कुराहरू बदलेका छौँ। प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रका नाममा देशमा आफूखुसी कानुन बनाउने, आफूले चिताएको मान्छेलाई अवसर दिने र देशमा लुटतन्त्र मच्चाउने काम भइरहेको छ। त्यसलाई जनताले बुझेका छन्। यो पटक प्रजातन्त्र लोकतन्त्र गणतन्त्रका नाममा दास बनाउने जुन पद्धति छ त्यसलाई जनताले अब बुझेका छन्। वैदेशिक हस्तक्षेप पनि बढेको छ। त्यसलाई पनि जनताले बुझ्नु पर्दछ। राष्ट्रिय प्रजातन्त्र पार्टीको दृष्टिकोणमा नेपालको सन्दर्भमा अभिभावकीय संस्थाको रूपमा राजसंस्था रहनुपर्दछ।

एमालेसँग तपाईंहरूले सहकार्य गर्ने कुरा अन्तिम अवस्थामा पुगेको हो ?
राष्ट्रिय प्रजातन्त्र पार्टी एक्लै अगाडि जाने तयारी भएको थियो। तर, अरू दलहरू एक भएर गएको बेला हामी नेकपा एमालेसँग सहकार्यको सम्भावना छ। सैद्धान्तिक रूपमा मिलेर जानु पर्दछ भनेर हामी लागेका छौँ। तर, ठोस आकार लिइसकेको छैन। के–कसरी कहाँ मिलेर जाने भन्ने टुङ्गो भएको छैन। नेपाली राजनीतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीले लिएको सैद्धान्तिक अवधारणासँग मेल खाने अरू कुनै राजनीतिक दलहरू छैनन्। अरू ६ वटा पार्टी मिलेर आउने र हामी एक्लै जाने भन्ने हुँदैन। अहिले विदेशीले नेपालको नेता को बन्ने ? प्रधानमन्त्री को हुने भन्ने कुरा र कुन पार्टीले जित्ने भन्ने कुरामा चासो दिन थालेका छन्। त्यो हामी नेपाली जनताले नै गर्नु पर्दछ। त्यसलाई हामीले ध्यान दिएका छौँ।

कांग्रेस र माओवादीले तपाईंहरुलाई सहकार्यको प्रस्ताव गरे कि गरेनन् ?
औपचारिक रूपमा पहिलो तहको नेतृत्वले गरेको छैन। तर, अनौपचारिक रूपमा दोस्रो तहका व्यक्तिमा छलफल भइरहेका छन्।

रवीन्द्र मिश्रसँगको एकता कहिले टुंगिन्छ ?
बाहिर प्रचारमा आए जस्तो वार्ता भयो भन्ने सत्य हैन। बीचबीचमा सहकार्य भएको छ। नजिक हामी छौँ र सम्भावना धेरै छ। तर यसको कुनै तिथि मिति छैन। चुनाव अगाडि एकता भयो भने अचम्म मान्नु पर्दैन।

चुनावमा राप्रपाले कतिसम्म सिट जित्ने योजना बनाएको छ ?
देशमा लामो समयदेखि चलिआएको लुटतन्त्रलाई हटाउन राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अगाडि बढाउन अनिवार्य जस्तै भएको छ। त्यसकारणले नेपाली जनताले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अहिलेका दलहरूको विकल्पमा रूपमा अगाडि बढाउने कुरामा कुनै द्वविधा छैन। र, त्यो अपरिहार्य पनि छ। प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ७ : ५५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०