विश्वभर कोरोना संक्रमितको संख्या ६१ करोड नाघ्यो, ६५ लाखको मृत्यु « Khabarhub

विश्वभर कोरोना संक्रमितको संख्या ६१ करोड नाघ्यो, ६५ लाखको मृत्यु


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वमा हालसम्म ६१ करोड ११ लाख ४१ हजार ५४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

वर्ल्डोमिटर्सका अनुसार सबैभन्दा कोरोना संत्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ९ करोड ६७ लाख १५ हजार ९०८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

भारतमा ४ करोड ४४ लाख ७० हजार १४१, फ्रान्समा ३ करोड ४६ लाख २३ हजार ९८, ब्राजिलमा ३ करोड ४५ लाख ३८ हजार ८८२ र जर्मनीमा ३ करोड २२ लाख ९७ हजार ५३७ जनामा कोरोना संक्रमण भइसकेको छ ।

कोरोना भाइरसको संक्रमणका कारण विश्वमा हालसम्म ६५ लाख ६ हजार ५६६ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाका कारण मृत्यु हुनेको सबैभन्दा ठूलो संख्या अमेरिकामा रहेको छ । अमेरिकामा हालसम्म कोरोना संक्रमणका कारण १० लाख ७३ हजार २९१ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या ब्राजिलमा ६ लाख ८४ हजार ६४६, भारतमा ५ लाख २८ हजार ३०, रुसमा ३ लाख ८४ हजार ८८२, मेक्सिकोमा ३ लाख २९ हजार ६३० र पेरुमा २ लाख १५ हजार ९२८ पुगेको छ ।

कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ७ : २० बजे

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम