एसिया कप क्रिकेट : श्रीलंकासँग भारत पराजित  « Khabarhub

एसिया कप क्रिकेट : श्रीलंकासँग भारत पराजित 


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युएईमा जारी टी–२० एसिया कप सुपर फोरमा श्रीलंकाले भारतमाथि ६ विकेटको रोमान्चक जित निकालेको छ ।

लगातार दोस्रो जितसंगै श्रीलंकाको फाइनल समीकरण सहज बनेको छ । लगातार दोस्रो हार बेहोरेको भारतको सम्भावना झिनो बनेको छ । भारत सुपर फोरको पहिलो खेलमा पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो ।

१ सय ७४ रनको विजयी लक्ष्य पाएको श्रीलंकाले १९.५ ओभरमा ४ विकेट गुमाएर विजयी भयो । श्रीलंकाको जितमा ओपनर कुशल मेन्डिसले सर्वाधिक ५७ रन बनाए। भारतका स्पिनर युजभेन्द्र चहलले ३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो । भारतका कप्तान रोहित शर्माले सर्वाधिक ७२ रनमा आउट भए । सूर्यकुमार यादवले ३४ रनको योगदान गरे । श्रीलंकका बलर दिलशान मदुशनकाले ३ विकेट लिए ।

अब, भारतले अन्तिम खेल बिहीबार अफगानिस्तानसँग खेल्नेछ । बुधबार अफगानिस्तान र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ८ : ५० बजे

प्रतिनिधिसभा निर्वाचन : आचारसंहिता उल्लङ्घन गर्ने ९४ लाई स्पष्टीकरण, ५७ वटाको जवाफ

काठमाडौं – केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त भएका उजुरीमध्ये

‘मलाई थाहा भएअनुसार’ सर्वोच्च नेता जीवित र स्वस्थ छन् : इरानी विदेशमन्त्री

काठमाडौं- इरानका विदेशमन्त्री अब्बास अराघचीले ‘आफूलाई थाहा भएअनुसार’ सर्वोच्च नेता

इरानमाथिको आक्रमण ‘खतरनाक’, ‘विनाशकारी’ हुन सक्छ : रुस

मस्को – रुसले शनिबार अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणलाई

इरान–अमेरिका–इजरायललाई वार्तामा फर्किन राष्ट्रसङ्घीय मानवअधिकार प्रमुखको आग्रह

जेनेभा – संयुक्त राष्ट्र सङ्घका मानव अधिकार प्रमुखले मध्यपूर्वमा शनिबार

निर्वाचनको दिन यी सवारीसाधनलाई पास आवश्यक पर्दैन : आयोग

काठमाडौं – निर्वाचन आयोगले निर्वाचनको दिन सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग