लमजुङमा १६ हजार १४३ मेट्रिकटन दुध उत्पादन « Khabarhub

लमजुङमा १६ हजार १४३ मेट्रिकटन दुध उत्पादन


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङमा पशुजन्य उत्पादन मध्ये दुध तथा मासु उत्पादन वृद्धि भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख छ । पशुजन्य उत्पादन मध्ये मासु भन्दा दुध उत्पादन औषत बढी वृद्धि भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. रुपेश श्रेष्ठले बताए ।

उनका अनुसार अघिल्लो आर्थिक वर्षमा १५ हजार नौ सय ८ मेट्रिक टन दुध उत्पादन भएकोमा गत आर्थिक वर्षमा १६ हजार एक सय ४३ मेट्रिक टन दुध उत्पादन भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा दुई सय ३४ मेट्रिक टन बढी दुध उत्पादन भएको कार्यालय प्रमुख डा.श्रेष्ठले बताए । 

कार्यालयका अनुसार उत्पादित दुधमध्ये गत आर्थिक वर्षमा भैँसी दुधमात्रै १२ हजार चार सय ६४ मेट्रिक टन उत्पादन भएको छ । सो बाहेक तीन हजार ६६७ मेट्रिक टन गाईकाे र १२ मेट्रिक टन चौरीको दुध उत्पादन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । 

त्यसैगरी पशुजन्य उत्पादनमध्ये करिब ८९ मेट्रिक टन मासु तथा माछा उत्पादन वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा तीन हजार ४५ मेट्रिक टन मासु तथा माछा उत्पादन भएकोमा गत आर्थिक वर्षमा तीन हजार एक सय ३४ मेट्रिक टन माछा तथा मासु उत्पादन भएको कार्यालयले जनाएको छ । 

जिल्लामा उत्पादित मासुमध्ये सबैभन्दा बढी राँगा तथा भैँसीको मासु उत्पादन भएको छ । गत आर्थिक वर्षमा राँगा तथा भैँसीको मासु मात्रै एक हजार तीनसय १७ मेट्रिक टन उत्पादन भएको छ । सो बाहेक नौ सय ५५ मेट्रिक टन खसी, ६ सय ८८ मेट्रिक टन कुखुरा, दुई सय ३२ मेट्रिक टन बङ्गुर, नौ सय २५ मेट्रिक टन भेडाको मासु उत्पादन भएको छ । 

सो बाहेक जिल्लामा ४७ दशमलव ८ मेट्रिक टन माछा उत्पादन भएको कार्यालयले जनाएको छ । यसैगरी जिल्लामा पशुजन्य उत्पादन मध्ये गत आर्थिक वर्षमा एक करोड७० लाख १६ हजार  गोटा अण्डा उत्पादन भएको छ । अघिल्लो आर्थिक वर्षमा जिल्लामा एक करोड ७० लाख १४ हजार गोटा अण्डा उत्पादन भएको थियो । 

जिल्लामा पशुजन्य उत्पादन मध्ये औषतमा माछा र अण्डा उत्पादन वृद्धि धेरै नभएको कार्यालयको तथ्यांकले देखाएको छ । खपत कम हुँदा अण्डा उत्पादनका लागि लमजुङ आत्मनिर्भर भए पनि माछा उत्पादनका निम्ति भने जिल्ला अझै परनिर्भर रहेको कार्यालय प्रमुख डा. श्रेष्ठको भनाइ छ । 

जिल्लामा व्यावसायिक रूपमा विभिन्न क्षेत्रमा माछा पालन पनि गरिएका छन् । यद्यपि जिल्लामा उत्पादित माछा मागअनुसार अत्यन्तै न्यून पाइएको छ । विशेष गरी जिल्ला सदरमुकाम बेसीशहर सहित मुख्य बजार क्षेत्रहरूमा जिल्लामै उत्पादन गरिएका माछा कम मात्रै आयात हुने गरेको छ । सदरमुकाम सहितका मुख्य बजारहरूमा तराइ देखि ल्याइएका माछाहरू बिक्री वितरण गरेको पाइन्छ ।

यस्तै मासु प्रायोजनका निम्ति अत्यधिक रूपमा कुखुरा बाख्रा, भेडा बङ्गुर पालिएका छन् । कार्यालयको गत वर्षको तथ्या‌ंकअनुसार जिल्लामा दुई लाख ७७ हजार ५१० कुखुरा पालिएका छन् भने एक लाख ३८ हजार चार सय ५० बाख्रा, १३ हजार पाँच सय ४० भेडा र चार हजार ९६५ बङ्गुर पालिएको तथ्यांक छ । 

 

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  १२ : ०४ बजे

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन