जलविद्युतमा सरकारले व्यापार गर्ने हो कि नियमन ? | Khabarhub Khabarhub

जलविद्युतमा सरकारले व्यापार गर्ने हो कि नियमन ?

'केही कर्मचारीलाई अधिकार दिएर निजी क्षेत्रलाई बेवास्ता गर्नु राम्रो होइन'


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जलविद्युत विकासमा ऊर्जा मन्त्रालयको प्रतिवेदनमा कार्यदलले दिएका पक्षहरू केही सकारात्मक र नकारात्मक छन् । पहिला नकारात्मकको कुरा गर्दा यो संस्थापक सेयरको कुराहरू १० वर्षसम्म आफ्नो संस्थापक सेयर बेच्न नपाइने भन्ने आयो ।

अर्को पन्ध्र सय मेगावाट जति पिपिए भएर वित्तीय व्यवस्थापन भएको छैन भने तिनीहरूलाई खारेज गर्ने भनिएको छ । त्यति धेरै प्रोजेक्टहरु गर्दा सरकारले अवसर दिनु पर्दछ । केही प्रक्रिया पुरा गरेर गर्नुपर्दछ । किनभने राज्यको भूमिका अभिभावकत्व भएकोले एकै चोटि रद्द गर्नु ठिक छैन ।

त्यो प्रतिवेदनको केही बुँदा हेर्ने हो भने प्रसारण लाइन नभएको अवस्थामा र भए पनि पावर प्रसारण गर्न नसक्ने अवस्थामा हामीले पिपिए गर्दैर्नौ भनिएको छ । त्यो त राज्यले प्रसारण निर्माणको जिम्मा निजी क्षेत्रलाई पनि दिनुपर्‍यो ।

यदि यो सरकारी निकाय विद्युत् प्राधिकरण र रेड कम्पनीले मात्र गर्ने हो भने र त्यसको पावर कुन बेला उत्पादन हुन्छ, त्यसको ‘सेड्युल टाइम’लाई ख्याल नगर्ने हो भने यसले ठुलो असर गर्दछ ।

यति हुँदाहुँदै पनि केही सकारात्मक कुराहरू छन् । एउटा क्यु २५ मा लैजाने कुरा सकारात्मक छ । क्यु २५ मा लाँदा त्यसको पिपिए रेट घटाइएको छ । त्यसको अवधि ५ वर्ष पनि बढाइएको छ । पिपिए अलि खुल्ला गर्न खोजिएको छ । त्यो एउटा सकारात्मक पक्ष देखिएको छ ।

सेयरको कुरामा सरकारले हेर्नुपर्दछ । एआइसी र धितो पत्रको कार्य क्षेत्र ऊर्जा मन्त्रालयले त्यो अलिक नबुझेको जस्तो देखिन्छ । नियामक निकाय गठन गरे पछि पछिल्लो समय हुन त सरकार निकायले आफ्नो कम्पनी बनाएर आयोजना बनाउन सक्छ ।

बिस्तारै सरकार आफैँ आयोजना निर्माण जस्तो बुढीगंगा विद्युत् विकासले बनाएको छ । यो आफैले आयोजनामा जान छोडेर कम्पनी मोडलमा गएको छ । विगतमा नेपाल विद्युत् प्राधिकरणले बनाएका योजनाहरू प्रति मेगावाट ५० देखि ५५ करोडसम्म पुगेको अवस्थामा कम्पनी मोडलमा जाने हो भने त्यसको लागत कम हुन्छ भन्ने धारणका साथ कम्पनी मोडलमा गएको हो । तर पछिले समयमा महँगो भयो ।

नियामक निकायले सरकारी कम्पनी वा निजी कम्पनीलाई एकै ढंगले हेर्नु पर्दछ । तब मात्र यो कम लागत कम हुन्छ । हामीले दुई तिन ओटा कुराहरूमा सुधार गर्नु पर्दछ । जस्तो ऊर्जा मन्त्रालयले यसको नीति निर्माण गर्ने हो कि आफै कार्यान्वयनमा जाने हो । यसको कुनै स्पष्टता छैन । सरकारले कम्पनी नै दर्ता गरेर व्यवसाय गर्ने हो कि हैन ? त्यो कुरामा हामी क्लियर हुनु पर्दछ ।

अहिले ४ वर्ष देखि पिपिए किन हुन सकेन भने त्यसको एकाधिकार सकेसम्म आफ्नो उत्पादन छोड्न चाहँदैन विद्युत् प्राधिकरण । साँच्चै नेपाल सरकारले ४९ सालमा विद्युत् ऐन ल्याएर विद्युत् ऐन ल्याएर साँच्चै हामीले निजी क्षेत्रलाई खुला गरेको भए त्यो अनुसारको कानुन बन्यो कि बनेन ?

अहिले नयाँ विद्युत् प्रस्तावित ऐनमा झन्डै ६५ वटा बुँदाहरू छन् । र, ४३ जति बुँदाहरूमा मन्त्रालयका मान्छेहरूलाई तजबिजी अधिकार दिएको छ । त्यो मन्त्रीहरूले आफ्नो स्वार्थको लागि प्रयोग गर्न थाले । र, मन्त्रालयका मन्त्रीहरूले आफ्नो स्वार्थका आधारमा परिवर्तन गर्न सक्ने परिपाटी हामीले निर्माण गर्‍यौ ।

यदि सबै कुरा व्यवस्थित रूपमा स्पष्ट पारेर लेख्ने हो भने धेरै समस्या समाधान हुन्थ्यो । सरकारले निजी क्षेत्रलाई अगाडि ल्याउने हो भने मन्त्रालयले नियन्त्रण गर्ने हो कि नियमन गर्ने हो ? अथवा उसको तजबिजलाई ध्यान दिने हो कि ? तर हाम्रोमा एउटा मन्त्रीले नै नियन्त्रण गर्न थाल्यो र विधि कमजोर हुँदै गयो । जसले निजी क्षेत्रलाई कमजोर बनाएको अवस्था देखिन्छ ।

नेपाल विद्युत् कम्पनीको सहायक कम्पनीलाई विद्युत् व्यापार गर्न दिन मिल्यो । तर निजी क्षेत्रलाई मिलेन । यदि सरकारले विद्युत् ऐन नआएर निजी क्षेत्रलाई नलिएको भए सहायक कम्पनीलाई पनि दिन हुदैन्थ्यो । त्यसैले सरकारी निकायहरूका नियमहरू आफ्नो अनुकूल हुन थाले ।

पछिल्लो समय जुन निजी क्षेत्रले झन्डै २० हजार मेगावाटको लाइसेन्स निजी क्षेत्रसँग छ । झन्डै २२०० मेगावाटमा १५०० तामाकोशीसँग विद्युत् प्राधिकरणले पिपिए गरेपछि र जनताको लगानी भएपछि त्यो पनि निजी क्षेत्रको नै हो । त्यसैले झन्डै दुईतिहाई उत्पादन निजी क्षेत्रले गरेको छ ।

निजी क्षेत्रलाई हामीले प्रोमोट गर्ने हो भने ७० प्रतिशत भूमिका प्राइभेट क्षेत्रको छ । साँच्चै हामीले आर्थिक समृद्धिको यात्रा गर्ने हो भने निजी क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्दछ ।

(खबरहबले आयोजना गरेको जलविद्युत विकासमा ऊर्जा मन्त्रालको प्रतिवेदन विषयक कार्यक्रममा आर्थिक पत्रकार समाज नेपालका पूर्वअध्यक्ष भीम गौतमले राखेको धारणाको सम्पादित अंशः)(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ३ : ५३ बजे

एन्फाका उपाध्यक्ष लामा रिहा 

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा

पर्यटनमा समृद्धि खोज्दै तमानखोला

ढोरपाटन– कतै अग्ला पहाड, कतै होचा खोंच । पश्चिम बागलुङको

अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा– पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत

सोमेश्वर दर्शन गर्न दुई लाख भक्तजन पुगे

भरतपुर– चितवनको माडीस्थित सोमेश्वर कालिका मन्दिरमा चैतेदसैँ र रामनवमी पर्वमा दुई