क्यामरुनमा अङ्ग्रेजीभाषी पृथकतावादीको आक्रमणमा ५ जनाको मृत्यु « Khabarhub

क्यामरुनमा अङ्ग्रेजीभाषी पृथकतावादीको आक्रमणमा ५ जनाको मृत्यु


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक क्यामरुनको अङ्ग्रेजीभाषीको बाहुल्यता रहेको क्षेत्रमा संदिग्ध पृथकतावादीको आक्रमणमा परी ५ जनाको ज्यान गएको छ ।

दक्षिणपश्चिम क्यामरुनको अङ्ग्रेजीभाषीको बाहुल्य रहेको क्षेत्रमा संदिग्ध पृथकतावादीले यात्रुबाहक बसमा आक्रमण गर्दा अन्य तीन जना घाइते भएका छन् ।

कुम्बा क्षेत्रबाट वुबातर्फ गइरहेको बसमाथि एकोना इलाकाको राजमार्गमा आक्रमण भएको बताउँदै स्थानीय अधिकारीहरूले चार जना यात्री र बसका चालक मारिएका जनाएका छन् ।

चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

घटनास्थलमा सुरक्षा फौज पुगेका तर उनीहरूलाई देखेर पृथकतावादीहरू भागेका जनाइएको छ । घाइते तीनैजना महिला हुन् । उनीहरूको वुबा क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

ग्रीष्मकालीन बिदापछि सोबारदेखि खुलेका अङ्ग्रेजीभाषीका विद्यालय बन्द गराउन पृथकतावादीले आक्रमण गरेका हुन् । देशको उत्तरपश्चिम तथा दक्षिणपश्चिम क्षेत्रमा स्वतन्त्र राज्य बनाउन चाहने पृथकतावादीले सरकारी विद्यालय सञ्चालन गर्न नदिने चेतावनी दिएका छन् ।

उपनिवेशिक कालमा जर्मनीको अधिनमा रहेको क्यामरुनलाई लिग अफ नेसन्सले पहिलो विश्वयुद्धपछि भर्साईको सन्धीअनुसार बेलायत र फ्रान्सको जिम्मा लगाएको थियो ।

सन्धीअनुसार जर्मन अधिनमा रहेको क्यनमरुनको अधिकांश भूभागमा फ्रान्सको प्रशासन स्थापना गरिएको थियो भने बेलायती उपनिवेश नाइजेरियासँग सीमा जोडिएको पश्चिमी भूभागमा भने बेलायती प्रशासन स्थापना गरिएको थियो ।

सन् १९६० जनवरी १ मा स्वतन्त्रताको घोषणा गरेको फ्रान्स नियन्त्रित क्यामरुनमा त्यसको झण्डै दुई वर्षपछि अर्थात् सन् १९६१ अक्टोबरमा बेलायती प्रशासनमा रहेको क्यामरुन गाभिन पुगेको थियो ।

त्यसयता यी दुई क्षेत्रबीच भाषिक अधिकार, मानवअधिकार, सामाजिक सुरक्षा, जातीय भेदभाव लगायतका विषयलाई लिएर तनाव उत्पन्न हुँदै आएको बताइन्छ ।

पछिल्लो समय सन् २०१७ यता अङ्ग्रेजीभाषी क्षेत्रका पृथकतावादीहरुले सो क्षेत्रमा हिंसात्मक आक्रमण गर्दै आएका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ४ : २५ बजे

जेनजी आन्दोलनमा ध्वस्त गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र खण्डहर बन्दै

ललितपुर– ललितपुरको गोदावरीस्थित सरकारी सभा सम्मेलनका लागि निर्माण गरिएको सनराइज

बेलौरीका किसानलाई अनुदानमा आधुनिक कृषि उपकरण

कञ्चनपुर– कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ कञ्चनपुरको बेलौरी नगरपालिकाले ५०

पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

काठमाडौँ– वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास

तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडक : १४ किलोमिटर कालोपत्र

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र काम

‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु

काठमाडौँ– पटक–पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत