क्यामरुनमा अङ्ग्रेजीभाषी पृथकतावादीको आक्रमणमा ५ जनाको मृत्यु | Khabarhub Khabarhub

क्यामरुनमा अङ्ग्रेजीभाषी पृथकतावादीको आक्रमणमा ५ जनाको मृत्यु


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक क्यामरुनको अङ्ग्रेजीभाषीको बाहुल्यता रहेको क्षेत्रमा संदिग्ध पृथकतावादीको आक्रमणमा परी ५ जनाको ज्यान गएको छ ।

दक्षिणपश्चिम क्यामरुनको अङ्ग्रेजीभाषीको बाहुल्य रहेको क्षेत्रमा संदिग्ध पृथकतावादीले यात्रुबाहक बसमा आक्रमण गर्दा अन्य तीन जना घाइते भएका छन् ।

कुम्बा क्षेत्रबाट वुबातर्फ गइरहेको बसमाथि एकोना इलाकाको राजमार्गमा आक्रमण भएको बताउँदै स्थानीय अधिकारीहरूले चार जना यात्री र बसका चालक मारिएका जनाएका छन् ।

चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

घटनास्थलमा सुरक्षा फौज पुगेका तर उनीहरूलाई देखेर पृथकतावादीहरू भागेका जनाइएको छ । घाइते तीनैजना महिला हुन् । उनीहरूको वुबा क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

ग्रीष्मकालीन बिदापछि सोबारदेखि खुलेका अङ्ग्रेजीभाषीका विद्यालय बन्द गराउन पृथकतावादीले आक्रमण गरेका हुन् । देशको उत्तरपश्चिम तथा दक्षिणपश्चिम क्षेत्रमा स्वतन्त्र राज्य बनाउन चाहने पृथकतावादीले सरकारी विद्यालय सञ्चालन गर्न नदिने चेतावनी दिएका छन् ।

उपनिवेशिक कालमा जर्मनीको अधिनमा रहेको क्यामरुनलाई लिग अफ नेसन्सले पहिलो विश्वयुद्धपछि भर्साईको सन्धीअनुसार बेलायत र फ्रान्सको जिम्मा लगाएको थियो ।

सन्धीअनुसार जर्मन अधिनमा रहेको क्यनमरुनको अधिकांश भूभागमा फ्रान्सको प्रशासन स्थापना गरिएको थियो भने बेलायती उपनिवेश नाइजेरियासँग सीमा जोडिएको पश्चिमी भूभागमा भने बेलायती प्रशासन स्थापना गरिएको थियो ।

सन् १९६० जनवरी १ मा स्वतन्त्रताको घोषणा गरेको फ्रान्स नियन्त्रित क्यामरुनमा त्यसको झण्डै दुई वर्षपछि अर्थात् सन् १९६१ अक्टोबरमा बेलायती प्रशासनमा रहेको क्यामरुन गाभिन पुगेको थियो ।

त्यसयता यी दुई क्षेत्रबीच भाषिक अधिकार, मानवअधिकार, सामाजिक सुरक्षा, जातीय भेदभाव लगायतका विषयलाई लिएर तनाव उत्पन्न हुँदै आएको बताइन्छ ।

पछिल्लो समय सन् २०१७ यता अङ्ग्रेजीभाषी क्षेत्रका पृथकतावादीहरुले सो क्षेत्रमा हिंसात्मक आक्रमण गर्दै आएका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ४ : २५ बजे

शीतल निवासमा सरकार र जेन-जी प्रतिनिधिबीच छलफल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा सरकार र जेन-जी प्रतिनिधिबीच छलफल

तनावमा देखिएकी प्रधानमन्त्री पत्रकारले प्रश्न सोध्दा झोंक्किइन्, झर्किएर जवाफ दिएको भिडियो भाइरल

काठमाडौं- गत भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी सुशीला

कांग्रेस बैठक : छिटो भन्दा छिटो महाधिवेशन गर्नुपर्नेमा जोड

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले छिटो भन्दा छिटो

सुशासन र जनतालाई सरल सेवा प्रवाह गर्नु सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री सोनल

महेन्द्रनगर– मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले ‘जेन-जी’ आन्दोलनले उठाएको