आगामी निर्वाचनमा महिलालाई उचित अवसर दिइन्छ : प्रधानमन्त्री देउवा « Khabarhub

आगामी निर्वाचनमा महिलालाई उचित अवसर दिइन्छ : प्रधानमन्त्री देउवा


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आगामी निर्वाचनमा महिलालाई उचित अवसर दिइने बताएका छन्।

बुधबार काठमाडौँमा नेपाल महिला संघको प्रशिक्षण उद्घाटन गर्दै देउवाले निर्वाचनको प्रत्यक्षतर्फ कांग्रेसले धेरै भन्दा धेरै महिला प्रतिनिधिलाई उम्मेदवार बनाउने बताएका हुन्। उनले समानुपातिक सूचीमा राख्नुपर्ने अधिकतम दबाब आइरहेका बेला प्रत्यक्षमा नै चुनाव लड्न महिला नेतृहरू इच्छुक हुनु सकारात्मक कुरा रहेको बताए।

देउवाले अहिले निर्वाचनमा हारजितको फैसला गर्ने सम्पूर्ण अधिकार जनतामा रहेकाले जनतामाझ गएर आफ्नो विचार प्रवाह गर्न सुझाव पनि दिए। अहिले कांग्रेस मात्रै प्रजातन्त्रवादी पार्टी भएको भन्दै देउवाले प्रजातन्त्रलाई कमजोर हुन नदिन एकजुट र बलियो भएर अघि बढ्नुपर्ने धारणा राखे।

त्यस्तै कांग्रेस नेता प्रकाशमान सिंहले सूचना र प्रविधिलाई उच्चतम प्रयोग गर्दै आवश्यकता अनुसार चुनावी प्रचार प्रसारमा जुट्न आग्रह गरे । उनले आफैँ सक्षम भए कसैले अघि बढ्न रोक्न नसक्ने धारणा राखे।

कार्यक्रममा कांग्रेसका महिला नेतृहरूले आगामी निर्वाचनमा समान सहभागिताको सुनिश्चित गर्न नेतृत्वसमक्ष आग्रह गरेका थिए ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ६ : ५९ बजे

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा

निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

काठमाडौँ– नेपाल वायुसेवा निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्त रुपमा काम

विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा तीन शहरमा प्रभातफेरी

काठमाडौं- विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्डको

भूमिहीन सुकुम्बासी समस्या एक हजार दिनभित्रै समाधान हुन्छ : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात दशकदेखि अनिर्णित अवस्थामा रहेको भूमिहीन

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र